शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग्यो

चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग्यो

नागरिक पाटी

२३, पौष २०८१
  • 2.4K
    SHARES
  • चीनमा भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुग्यो

    एजेन्सी । चीनमा आज बिहान गएको भूकम्पबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुगेको छ । नेपाल –चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा गएको भूकम्पमा परी अरू ६२ जना घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । भूकम्पबाट केही घरहरूमा क्षति पुगेको खबरमा उल्लेख छ ।

    images
    images

    राष्ट्रपति सी जिनपिङले भूकम्पपछि भत्किएका संरचनामा फसेका नागरिकको ज्यान जोगाउन र हताहत कम गर्न सबै प्रकारका उद्धार प्रयास गर्न सेना र उद्धारकर्मीलाई निर्देशन दिनुभएको छ ।

    चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सीले घाइतेको उपचारका लागि सक्दो प्रयास गर्न निर्देशन दिनुभएको हो ।

    उहाँले सम्भावित प्रकोप रोक्न, प्रभावित बासिन्दाहरूलाई उचित रूपमा पुनर्स्थापना गर्न र उद्धारपछिको कामलाई प्रभावकारी रूपमा सञ्चालन गर्न पनि आग्रह गर्नुभएको छ ।

    सिन्ह्वाका अनुसार आज बिहान नेपाल–चीन सीमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २३, २०८१ मंगलवार - १२:४३:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology