शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग मेयरले चुनाव हारेपछि...

आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग मेयरले चुनाव हारेपछि...

नागरिक पाटी

३०, माघ २०८१
  • 3.5K
    SHARES
  • आफैले उठाएको ‘डमी’ उम्मेदवारसँग मेयरले चुनाव हारेपछि...

    हालै आयोजना गरिएको स्थानीय निर्वाचनमा बेरेजोभस्कीका मेयरले आफैले खडा गरेको ‘डमी’ उम्मेदवारसँग चुनाव हारेका छन् । ती उम्मेदवार उनकै ड्राइभरकी पत्नी पनि हुन् । रुसको सभर्डलोभस्क क्षेत्रमा रहेको येकाटेरिनबर्गको स्याटेलाइट सहर बेरेजोभस्कीको यो अनौठो चुनावी नतिजाबारे रुसी मिडियामा समाचारहरू प्रकाशित भएका छन् ।

    images
    images

    येभगेनी पिस्टोभ लगातार चौथो पटक सो क्षेत्रको मेयरमा निर्वाचित हुने तयारीमा थिए । उनको जित पक्कापक्की जस्तै थियो । किनभने उनी भ्लादिमिर पुटिनको युनाइटेड रसिया पार्टीकी सहकर्मी तथा आफ्नो ड्राइभरकी पत्नीसँग चुनाव लड्दै थिए ।

    युलिया मास्लाकोभाले चुनाव जित्छिन् भनेर कसैले कल्पना पनि गरेका थिएनन् । युलियाले पनि आफू पिस्टोभविरुद्ध डमी उम्मेदवार मात्र बनेको खुलाएकी थिइन् । तर, नतिजा फरक आयो । अहिले उनी मेयरका रूपमा शपथ नखान सक्दो प्रयास गरिरहेकी छिन् ।

    बेरेजोभस्कीमा जनताले मेयरको चुनाव गर्दैनन् । बरु, एउटा छनोट कमिटीको प्रस्तावमा डेपुटीहरूले यसको निर्धारण गर्दछन् । डेपुटीहरुमा विभिन्न स्थानीय र प्रदेशीय अयोगका प्रतिनिधिहरू हुन्छन् ।

    यो वर्ष डेपुटीहरूले छनोट कमिटीलाई नयाँ उम्मेदवारहरू पनि दिन आग्रह गरेका थिए । तर, उनीहरूलाई पिस्टोभ र युलिया मात्र उम्मेदवारका रूपमा दिइयो । रुसी पत्रिका कोमरसान्टका अनुसार यस निर्णयविरुद्ध विद्रोह गर्दै २३ मध्ये १७ जना डेपुटीहरूले युलियाको पक्षमा मतदान गरे । पिस्टोभको पक्षमा ६ मत मात्र खस्यो ।

    जब नतिजा प्रकाशित भयो, सबैभन्दा आश्चर्यचकित युलिया थिइन् । उनले दौडबाट आफूलाई अलग गर्ने प्रयास पनि गरिन् । तर, उनलाई नतिजा आइसकेकाले यो गर्न नमिल्ने भनेर बताइयो ।

    उनलाई मेयरको शपथ खान दुई हप्ताको समय छ । तर, उनको यसबारे कुनै योजना छैन । उनले यो पदलाई अस्वीकार गरेकी छन् ।

    यदि १५ दिनभित्र पनि युलियाले शपथ खाइनन् भने नयाँ स्थानीय चुनाव हुनेछ । पहिले नै लज्जास्पद हार बेहोरिसकेका पेस्टोभ पुनः निर्वाचित हुने सम्भावना कम रहेको त्यहाँको राजनीतिका जानकारहरूले बताएका छन् । - अडिटी सेन्ट्रलबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ३०, २०८१ बुधवार - १५:०२:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology