शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

नागरिक पाटी

१, बैशाख २०८२
  • 2.7K
    SHARES
  • रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

    पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमबार भएको रुसी आक्रमणमा चार वृद्ध व्यक्तिको मृत्यु भएको स्थानीय अधिकारीहरूले जनाएका छन् । यो आक्रमण अघिल्लो दिन छिमेकी सुमी क्षेत्रमा भएको आक्रमणपछि भएको हो, जहाँ २५ भन्दा बढीको ज्यान गएको थियो । खार्किभ युक्रेनको दोस्रो ठूलो सहर हो, जसलाई राति ड्रोनद्वारा पनि निशाना बनाइएको थियो ।

    images
    images

    खार्किभ क्षेत्रका प्रमुख ओलेग सिनेगुबोभले रुसी सेनाले कुपियान्स्क सहरमा गोलाबारी गरेको बताउनुभयो । सन् २०२२ मा युक्रेनमाथि आक्रमण गर्दा रुसी सेनाले खार्किभको धेरै भाग कब्जा गर्ने प्रयास गरेको थियो, तर युक्रेनी सेनाले ती क्षेत्र फेरी फिर्ता लिएको थियो । हाल पुनः सीमावर्ती क्षेत्रमा रुसी गतिविधि बढेको देखिएको छ ।

    त्यसैगरी, युक्रेनी अधिकारीहरूले जनाएअनुसार रुसले आइतबार राति युक्रेनमाथि ६२ वटा ड्रोनद्वारा आक्रमण गरेको थियो, जसमा दक्षिणी सहर ओडेसामा ११ जना घाइते भएका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १, २०८२ सोमवार - २०:०८:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology