शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

खेलकुद महासंघ समाजवादीले बुझायो प्रदेश सरकार समक्ष नौ बुँदे माग पत्र

खेलकुद महासंघ समाजवादीले बुझायो प्रदेश सरकार समक्ष नौ बुँदे माग पत्र

नागरिक पाटी

६, बैशाख २०८२
  • 3.4K
    SHARES
  • खेलकुद महासंघ समाजवादीले बुझायो प्रदेश सरकार समक्ष नौ बुँदे माग पत्र

    हेटौंडा । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादीले बागमती प्रदेश सरकार समक्ष नौ बुँदे माग पत्र पेश गरेको छ ।

    images
    images

    शुक्रवार, महासंघका महासचिव अनिल कुमार रिजालसहिको टोलीले बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जन तथा बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दिपक लामा समक्ष सरकारको आगामी निति तथा कार्यक्रममा खेलकुद क्षेत्रको विकासको माग सहित नौ बुँदे माग पत्र पेश गरेका हुन् ।

    माग पत्रमा बागमती प्रदेशका १३ ओटै जिल्लामा रंगशालाको निर्माण, प्रत्येक निर्वाचन क्षेत्रमा बहुआयामिक कवर्ड हल निर्माण, प्रत्येक स्थानिय तहमा खेल मैदान निर्माण, खेलकुद क्षेत्र भित्रको बेरोजगारी समस्यालाई हल गर्न, सरकारी तथा निजी विद्यालय र स्थानीय सरकारलाई अनिवार्य खेल प्रशिक्षक नियुक्त गराउन, धादिङ्ग गल्छी गाउँपालिकामा प्रदेश स्तरिय खेल रंगशाला निर्माण, हेटौंडाको गौरीटार खेल मैदानलाई खेलकुद एकेडेमी घोषणा गरी खेलाडीहरुको प्रशिक्षण सञ्चालन गर्न, चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न, प्रत्येक खेलाडीहरुको जीवन बिमा र स्वास्थ्य बिमा लागु गर्न आवश्यक बजेटको व्यवस्था र सरकारको वार्षिक बजेटको न्यूनतम् ५५ रकम खेलकुद क्षेत्रको लागी व्यवस्था गर्न माग गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ६, २०८२ शनिवार - ०८:११:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology