शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पोर्चुगलले १८ हजार गैरकानुनी विदेशीलाई निकाला गर्ने

पोर्चुगलले १८ हजार गैरकानुनी विदेशीलाई निकाला गर्ने

नागरिक पाटी

२२, बैशाख २०८२
  • 5.1K
    SHARES
  • पोर्चुगलले १८ हजार गैरकानुनी विदेशीलाई निकाला गर्ने

    पोर्चुगलले अनुमति बिना देशमा बसिरहेका १८ हजार विदेशी नागरिकहरुलाई देश निकाला गर्ने भएको छ । पोर्चुगलको काम चलाउ सरकारले आम चुनावको अभियान चलिरहेको बेला यस्तो निर्णय गरेको एक मन्त्रीले शनिबार बताएको समाचार संस्था एपीले बनाएका छन् । सरकारका एक मन्त्री एन्टोनियो लिताओ अमारोले लगभग १८ हजार गैरकानुनी रुपमा बसिरहेका विदेशीहरुलाई सरकारले देश छाड्न सूचना दिने बताए ।

    images
    images

    उनका अनुसार आउँदो हप्ताबाट यो प्रक्रिया सुरु गरिने र पहिलो चरणमा करिब ४५ हजार जनालाई २० दिन भित्र देश छोड्न भनिने बताइएको छ । पोर्चुगलमा आउँदो मे १८ मा आम चुनाव हुँदैछ । त्यहाँका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले संसदमा बहुमत गुमाएपछि राजीनामा दिएर आमचुनाव घोषणा गरेका थिए ।

    पछिला दिनमा युरोपमा झँङ्गिदै गइरहेको लोकप्रियतावाद र राष्ट्रवादको आँधीले पोर्चुगलमा प्रभाव पार्न थालेको र त्यहाँको एक उग्र दक्षिणपन्थी पार्टीले गत वर्षको चुनावमा मत बढाएर तेस्रो स्थान प्राप्त गरेको थियो ।
    पोर्चुगल सरकारको यो निर्णयले नेपालीहरुलाई पनि असर पार्न सक्छ किनभने पोर्चुगलमा धेरै नेपालीहरुको बसोबास रहेको छ ।

    सेन्जेन न्युजले सन् २०२१ मा सम्प्रेषण गरेको समाचारमा लगभग २१ हजार नेपालीहरुको बसोबास त्यहाँ रहेको बताएको थियो । अहिले यो संख्या अझ धेरै बढेको हुन सक्ने अनुमान गरिएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख २२, २०८२ सोमवार - १२:५६:५२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology