शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

पूर्व प्रधानमन्त्री शेख हसिनालाई तुरुन्तै बुझाउन भारतसँग बंगलादेशको माग

पूर्व प्रधानमन्त्री शेख हसिनालाई तुरुन्तै बुझाउन भारतसँग बंगलादेशको माग

नागरिक पाटी

२, मंसिर २०८२
  • 3.4K
    SHARES
  • पूर्व प्रधानमन्त्री शेख हसिनालाई तुरुन्तै बुझाउन भारतसँग बंगलादेशको माग

    बंगलादेशको विदेश मन्त्रालयले शेख हसिना र असदुज्जमान खानलाई तुरुन्तै बुझाउन भारतसँग माग गरेको छ । मानवताविरुद्धका अपराधमा दोषी ठहरिएका व्यक्तिलाई कुनै देशले आश्रय दिनु न्यायको अवहेलनाका रूपमा लिईने बंगलादेशले जनाएको छ ।

    images
    images

    जवाफमा भारतीय विदेश मन्त्रालयले भारत बंगलादेशमा शान्ति, लोकतन्त्र, र स्थिरता चाहने बताएको छ । भारतले हसिनालाई बुझाउने वा नबुझाउनेबारे स्पष्ट जवाफ नदिई कूटनीतिक भाषा प्रयोग गरेको बीबीसीको खबरमा उल्लेख छ । बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमाललाई गएको वर्षको जुलाई र अगस्टमा भएका विद्रोह र हिंसात्मक घटनामा मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै हिजो मृत्युदण्डको सजाय सुनाएको छ ।

    दुवैजना अहिले भारतमा निर्वासनमा बसिरहेका छन् । ३ सदस्यीय न्यायाधिकरणले ४ सय ५३ पानामा विस्तृत फैसलासहित हसिनालाई पाँचमध्ये दुई आरोपमा मृत्युदण्ड र अन्यमा आजीवन कारावास सुनाएको हो । पूर्व गृहमन्त्री कमाललाई पनि मृत्युदण्ड र पूर्व प्रहरी महानिरीक्षक अब्दुल्ला अल मनुनलाई सरकारी साक्षी बनेपछि पाँच वर्षको सजाय तोकिएको छ । फैसला सार्वजनिक भइरहँदा ढाका अदालत परिसरमा ठूलो भीड जम्मा भई नारा जुलुस देखिएको बीबीसीले जनाएको छ ।

    अभियोजनपक्षका अनुसार त्यतिबेला भएको विद्रोहमा १ हजार ४ सयको ज्यान गएको थियो भने झन्डै २५ हजार घाइते भएका थिए । हसिनामाथि रंगपुरका विद्यार्थी अबु सैदको हत्या, ढाका चंखर पुलमा ६ जनाको हत्या र ५ अगस्ट सन् २०२४ मा अशुलियामा भएका सामूहिक गोलीकाण्ड तथा शव जलाउने घटनामा संलग्नताको आरोप लगाइएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २, २०८२ मंगलवार - ०७:४९:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology