शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, श्रीलंकासँग नेपालको पहिलो खेल

यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, श्रीलंकासँग नेपालको पहिलो खेल

नागरिक पाटी

१७, मंसिर २०८२
  • 3.0K
    SHARES
  • यू-१९ एसिया कपको खेल तालिका सार्वजनिक, श्रीलंकासँग नेपालको पहिलो खेल

    एसीसी पुरुष यू–१९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा डिसेम्बर १२ देखि हुने उक्त प्रतियोगिताको तालिका सार्वजनिक भएको हो । प्रतियोगितामा सहभागी हुने आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया रहेका छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका, अफगानिस्तान र नेपाल रहेका छन् ।

    images
    images

    प्रतियोगिताका खेलहरू आईसीसी एकेडेमी र द सेभेन्स स्टेडियममा हुनेछन् । नेपालको पहिलो खेल श्रीलंकासँग डिसेम्बर १३ तारिखमा राखिएको छ । दोस्रो डिसेम्बर १५ मा बंगलादेश र तेस्रो डिसेम्बर १७ मा अफगानिस्तानसँग रहेको छ ।

    नेपालका सबै खेल सेभेन्स स्टेडियममा हुनेछन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोली डिसेम्बर १९ तारिखमा सेमिफाइनल खेल्नेछन् । उपाधि भिडन्त डिसेम्बर २१ तारिखमा हुनेछ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर १७, २०८२ बुधवार - १९:२७:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology