शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

चेस प्रतियोगिताका निम्ति दुई खेलाडी कतार जाँदै

चेस प्रतियोगिताका निम्ति दुई खेलाडी कतार जाँदै

नागरिक पाटी

२५, मंसिर २०८२
  • 1.5K
    SHARES
  • चेस प्रतियोगिताका निम्ति दुई खेलाडी कतार जाँदै

    प्रधानमन्त्री सुशीला कार्कीले वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिएकी छन् । प्रधानमन्त्री कार्कीले झापाका सुश्रुत दाहाल र दोलखाका आशिष फुयालसँग बालुवाटारमा भएको भेटमा खेलाडीहरूलाई शुभकामना दिएकी हुन् ।

    images
    images

    खेलाडीद्वय दाहाल र फुयालले ६ दशकको इतिहासमा उक्त प्रतियोगितामा नेपालको सहभागिता हुनु नै ठूलो कुरा रहेको बताउँदै सक्दो राम्रो खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

    र्‍यापिड र ब्लिट्ज क्याटागोरीमा हुन लागेको चेस च्याम्पियनसिपमा नेपाल पहिलोपटक सहभागी हुन लागेको हो । यही डिसेम्बर २५ देखि ३१ तारिखमा उक्त प्रतियोगिता हुँदै छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर २५, २०८२ बिहिवार - २०:५४:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology