शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सिड्नी गोलीकाण्डका आक्रमणकारीमध्ये एक भारतीय भएको पुष्टि

सिड्नी गोलीकाण्डका आक्रमणकारीमध्ये एक भारतीय भएको पुष्टि

नागरिक पाटी

२, पौष २०८२
  • 2.9K
    SHARES
  • सिड्नी गोलीकाण्डका आक्रमणकारीमध्ये एक भारतीय भएको पुष्टि

    काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा डिसेम्बर १४ मा हमला गर्ने साजिद अकरम दक्षिण भारतीय सहर हैदराबादका बासिन्दा भएको खुलेको छ ।

    images
    images

    साजिद भारतीय भएको भारतको तेलन्गाना प्रहरीले पुष्टि गरेको छ । प्रहरीले उनको भारतमा रहेको परिवारसँग सीमित सम्पर्क हुने गरेको बताएको छ ।

    तेलन्गाना प्रहरीले वज्ञप्तिमा साजिदका कट्टरपन्थी विचार वा गतिविधिहरूबारे परिवारलाई कुनै जानकारी नभएको बताएको छ ।

    तेलन्गाना प्रहरीले साजिद अकरम सन् १९९८ मा अस्ट्रेलिया गएपछि ६ पटक भारत आएको र ती भ्रमणहरू प्रायजसो पारिवारिक कारणले भएको बताएको छ ।

    उनको विरुद्धमा भारतमा भने कुनै आपत्तिजनक रेकर्ड फेला नपरेको बताइएको छ । प्रहरीका अनुसार सिड्न गोलीकाण्ड गराउने बाबुछोरा साजिद र नावेद अकरमको कट्टरपन्थी सोचसँग भारत वा तेलन्गानासँग कुनै सम्बन्ध नदेखिने बताइएको छ ।

    अस्ट्रेलियाली प्रहरीका अनुसार साजिद र नावेद गत महिना फिलिपिन्स गएका थिए । साजिद भारतीय राहदानीमा र उनका छोरा अस्ट्रेलियाली राहदानीमा यात्रा गरिरहेका थिए ।

    अधिकारीहरूले यात्राको उद्देश्य अझै स्पष्ट नभएको र उनीहरू कुनै आतंकवादी संगठनसँग जोडिएका थिए वा त्यहाँ तालिम लिएका थिए भन्ने पनि निश्चित नभएको बताएका छन् ।

    सिड्नी हमलामा १५ जनाको मृत्यु भएको थियो । अधिकारीहरूले प्रारम्भिक अनुसन्धानले यो हमला इस्लामिक स्टेटबाट प्रेरित भएको संकेत दिएको बताएका छन् । बीबीसी

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २, २०८२ बुधवार - ०७:३७:५० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology