शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कसँग खेल्दै

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कसँग खेल्दै

नागरिक पाटी

२९, पौष २०८२
  • 2.3K
    SHARES
  • साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कसँग खेल्दै

    साफ फुटसल च्याम्पियनसिप आजदेखि थाइल्यान्डमा शुरु हुँदैछ । महिलातर्फको खेलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समयअनुसार बेलुकी पौने ७ बजे शुरु हुनेछ ।

    images
    images

    नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप समेत हो । यस्तै पुरुषतर्फ नेपालले आउँदो शुक्रवार श्रीलङ्कसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ । साफ फुटसल च्याम्पियनसिप यही जनवरी २६ तारिखसम्म थाइल्यान्डमा हुँदैछ ।
    दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक साफ फुटसल च्याम्पियनसिप आयोजना गरेको हो । यो च्याम्पियनसिपमा दक्षिण एशियाका सात वटै देश (नेपाल, भारत, माल्दिभ्स, बङ्गलादेश, भुटान, श्रीलंका र आयोजक थाइल्यान्ड) बाट पुरुष र महिला टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    खेल सिङ्गल राउण्ड रोविनका आधारमा हुनेछ । लिग चरणको खेलपछि धेरै अङ्क जोडेर शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०८२ मंगलवार - ०७:४५:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology