शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

लाङटाङमा पर्यटन प्रवर्द्धन गर्न ‘ट्रेल रन’ सञ्चालन हुने

लाङटाङमा पर्यटन प्रवर्द्धन गर्न ‘ट्रेल रन’ सञ्चालन हुने

नागरिक पाटी

१०, बैशाख २०८३
  • 2.1K
    SHARES
  • लाङटाङमा पर्यटन प्रवर्द्धन गर्न ‘ट्रेल रन’ सञ्चालन हुने

    रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन आयोजना हुने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आगामी जेठ २३ गते हुने जानकारी दिइएको हो ।

    images
    images

    आयोजक समाजका अध्यक्ष बलराम न्यौपानेले लामो समयदेखि लाङटाङ क्षेत्रको पर्यटन विकास, अध्ययन, प्रचारप्रसार तथा प्रवर्द्धनमा सक्रिय रहँदै आएको समाजले यसपटक साहसिक खेल पर्यटनलाई केन्द्रमा राख्दै ट्रेल रन आयोजना गर्न लागेको बताए ।

    ०७२ को विनाशकारी भूकम्पपछि प्रभावित पर्यटन क्षेत्रलाई पुनर्जीवित गर्ने प्रयासस्वरूप विभिन्न कार्यक्रम गर्दै आएको समाजले अब लाङटाङलाई अन्तर्राष्ट्रियस्तरको साहसिक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य लिइएको जनाइएको छ ।

    प्रतियोगिता गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्यान्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीसम्म करिब ३२ किमि दूरीमा सम्पन्न हुने समाजका अध्यक्ष न्यौपानेले जानकारी दिए । समुद्री सतहबाट करिब ३,८७० मिटर उचाइमा रहेको क्यान्जिन गुम्बाबाट सुरु हुने यो दौड लाङटाङ गाउँ, घोडातबेला हुँदै स्याफ्रुबेँसीसम्म आइपुग्नेछ ।

    आयोजकका अनुसार, प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धावकहरूको सहभागिता रहनेछ । यस ट्रेल रनले लाङटाङ क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान मजबुत बनाउने, स्थानीय पर्यटन व्यवसायलाई चलायमान बनाउने तथा साहसिक खेलमार्फत नयाँ सम्भावना खोल्ने विश्वास आयोजकले लिएको छ । राससबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख १०, २०८३ बिहिवार - २१:०१:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology