शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

अवैध सिसौको काठसहित दुई जना पक्राउ

अवैध सिसौको काठसहित दुई जना पक्राउ

नागरिक पाटी

१८, जेठ २०८३
  • 2.0K
    SHARES
  • अवैध सिसौको काठसहित दुई जना पक्राउ

    धादिङ प्रहरीले अवैध सिसौ जातको काठ ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ।

    images
    images

    प्रहरीका अनुसार जेठ १५ गते साँझ करिब ५ बजे त्रिपुरासुन्दरी गाउँपालिका–७, खहरेबाट धादिङबेसीतर्फ अवैध सिसौको गोलिया काठ बोकेको मिनी ट्रक आउँदै गरेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको टोलीले नीलकण्ठ नगरपालिका–३, पुछारबजारमा सवारी जाँच गरेको थियो।

    जाँचका क्रममा सल्यानटारबाट धादिङबेसीतर्फ आउँदै गरेको बा ५ ख ६१९३ नम्बरको मिनी ट्रकमा लोड गरिएको सिसौ जातको गोलिया काठ बरामद गरिएको प्रहरीले जनाएको छ। नापजाँच गर्दा उक्त काठ १०४ दशमलव ३७ क्युबिक फिट रहेको पाइएको थियो।

    घटनामा संलग्न रहेको आरोपमा ट्रक चालक नीलकण्ठ नगरपालिका–९ निवासी ४२ वर्षीय नवराज श्रेष्ठ र नीलकण्ठ नगरपालिका–६ स्थायी घर भई हाल वडा नम्बर ३ मा बसोबास गर्दै आएका ६५ वर्षीय गणेशकुमार श्रेष्ठलाई नियन्त्रणमा लिइएको छ।

    बरामद काठ तथा पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जेठ १७ गते डिभिजन वन कार्यालय, धादिङबेसीमा बुझाइएको प्रहरीले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १८, २०८३ सोमवार - ०९:००:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology