शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद, ३००० खेलाडी सहभागी हुने

आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद, ३००० खेलाडी सहभागी हुने

नागरिक पाटी

३, आषाढ २०८३
  • 2.1K
    SHARES
  • आजदेखि तेस्रो बागमती प्रदेश खेलकुद, ३००० खेलाडी सहभागी हुने

    तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता-२०८३ आजदेखि सुरु हुँदैछ । हेटौंडा उपमहानगरपालिका-६ स्थित केन्द्रीय खेलकुद प्रतिष्ठान गौरीटारमा प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा हुने प्रतियोगिताको उद्घाटन हुन लागेको हो ।

    images
    images

    यसअघि २४ जेठबाट सुरु गर्ने भनिएको प्रतियोगिता आन्तरिक तयारीका कारण असार पहिलो हप्तालाई स्थानान्तरण गरिएको परिषद्ले जनाएको छ । प्रतियोगिताअन्तर्गत् एथलेटिक्स विद्याका खेलहरु भने १ असारबाटै हेटौंडाको पिप्ले–क्याम्पा रङ्गशालामा सुरु भइसकेको परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिए ।

    लामाका अनुसार प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाबाट खेलाडी, प्रशिक्षक, निर्णायक र अफिसियलको सहभागिता रहनेछ ।

    प्रतियोगितामा करिब तीन हजार अर्थात २ हजार ९ सय ५५ खेलाडी र १ हजार २ सय ६ अफिसियलसहित कुल ४ हजार १ सय ६१ जनाको सहभागिता रहने उनले जानकारी दिए । प्रतियोगिताका लागि १३ करोड २० लाख रुपैयाँ विनियोजन भएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ३, २०८३ बुधवार - ०७:२५:०३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology