शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

नागरिक पाटी

१६, आषाढ २०८३
  • 1.8K
    SHARES
  • गल्छी गाउँपालिकाद्वारा तेक्वान्दो खेलाडीलाई खेल सामग्री वितरण

    धादिङ । गल्छी गाउँपालिकाले गाउँपालिका भित्र सक्रिय तेक्वान्दो खेलाडीहरूलाई आवश्यक खेल सामग्री वितरण गरेको छ।

    images
    images

    मंगलबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा तथा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख धिरज बस्नेतले खेलाडीहरूलाई तेक्वान्दोका विभिन्न खेल सामग्री हस्तान्तरण गर्नुभयो।

    9538710c-a850-43c9-9809-30c3be29f8f8.jfif

    कार्यक्रममा गाउँपालिका बालमैत्री सहजकर्ता बिपिन मल्ल, छाङ्गेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पेशल श्रेष्ठ, खेलाडीका अभिभावक तथा स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

    9ceb196b-d7f8-431a-8d65-18590023bfdf.jfif

    गाउँपालिकाले खेलकुद क्षेत्रको विकास, युवा प्रतिभाको प्रोत्साहन तथा खेलाडीहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले खेल सामग्री वितरण गरिएको जनाएको छ। सहभागीहरूले खेलाडीहरूको आवश्यकता पहिचान गरी गाउँपालिकाले गरेको सहयोगको प्रशंसा गर्दै यस्ता कार्यक्रमले खेलाडीहरूलाई नियमित प्रशिक्षण र विभिन्न प्रतियोगितामा थप उत्साहका साथ सहभागी हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १६, २०८३ मंगलवार - २१:१९:४१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology