शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

नुवाकोटको एउटै घरमा २४ शव फेला

नुवाकोटको एउटै घरमा २४ शव फेला

नागरिक पाटी

१६, भाद्र २०८३
  • 1.7K
    SHARES
  • नुवाकोटको एउटै घरमा २४ शव फेला

    भोटेकोशी तथा त्रिशुली बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले बताउनुभयो । बेत्रावतीमा रहेका घरबाट ती शव निकालिएको हो ।

    images
    images

    सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो । शवको पहिचान खुलेको छैन । पोस्टमार्टमका लागि शवहरू काठमाडौँ स्थित त्रिवि शिक्षण अस्पतालमा पठाइएको एसपी रेग्मीको भनाई छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र १६, २०८३ मंगलवार - १०:१६:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology