धादिङ जिल्लामा चार स्थानीय तहका १९ वटा वडा प्रभावित भएका छन् । बेनीघाट रोराङ गाउँपालिका–३, ५, ७, ९ र १० प्रभावित भएका छन् । बाढीका कारण अनुमानित एक हजार ७२३ भवन क्षति भएको करिडोर तथा बफर क्षेत्रमा पर्छन् ।
जसमा रहेका एक हजार ९०५ घरधुरीमा आठ हजार ६८ मानिस प्रभावित भएका छन् । गजुरी गाउँपालिका–१, २, ५ र ६ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको करिडोर तथा बफर क्षेत्रमा ३५३ भवन, ३९६ घरधुरी र एक हजार ५८९ मानिस छन् ।
गल्छी गाउँपालिका–१, २, ४, ६ र ८ प्रभावित भएका छन् । बाढीका कारण क्षति पुगेको क्षेत्रमा ७६६ भवन, ८४० घरधुरी र तीन हजार ३६३ मानिस छन् । सिद्धलेक गाउँपालिका–३, ४, ६ र ७ प्रभावित भएका छन् । क्षति पुगेको क्षेत्रमा अनुमानित ७५८ भवन, ७८१ घरधुरी र तीन हजार १७० मानिस छन् ।