शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति

रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति

नागरिक पाटी

३०, भाद्र २०८३
  • 1.3K
    SHARES
  • रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति

    भोटेकोशी नदीमा यही भदौ १० गते गएको विनाशकारी बाढीका कारण रसुवाका विभिन्न स्थानमा सञ्चालित १३ वटा खानेपानी तथा सरसफाइ आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीका कारण ती १३ आयोजनामा कम्तीमा २५ करोड २५ लाख बराबरको क्षति भएको छ । बाढीबाट एक हजार ६२३ जना नागरिक सुरक्षित खानेपानी सुविधाबाट प्रत्यक्ष प्रभावित भएका छन् ।

    images
    images

    विभागका महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीले विशेषगरी गोसाईंकुण्ड र उत्तरगया गाउँपालिकाका खानेपानी आयोजनामा ठूलो क्षति पुर्‍याएको छ ।

    अधिकांश आयोजना पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने केही आयोजनाका मूललाइन, शाखा पाइपलाइन तथा खानेपानीको धारासमेत बाढीले बगाएको छ । गोसाईंकुण्ड गाउँपालिकाका वडा(१, २ र ५ मा रहेका खानेपानी आयोजना पूर्णरूपमा क्षति भएका छन् ।

    ती आयोजनामा भएको क्षतिका कारण मात्रै करिब ९०० भन्दा बढी नागरिक खानेपानी सेवाबाट वञ्चित भएका छन् । त्यसैगरी उत्तरगया गाउँपालिकाका वडा(३ र ४ मा सञ्चालित खानेपानी आयोजनामा बाढीले पूर्णरूपमा क्षति पुर्‍याएको विभागले जनाएको छ ।

    कैदलटार, सिम्ले मुहानलगायतका आयोजनामा मुख्य तथा शाखा पाइपलाइन र खानेपानीको धारामा क्षति पुगेको छ । बाढीबाट क्षतिग्रस्त आयोजनाको पुनर्निर्माण तथा खानेपानी सेवा सुचारु गर्न आवश्यक प्रक्रिया अघि बढाइने महानिर्देशक श्रेष्ठले बताए । राससबाट

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ३०, २०८३ मंगलवार - ०७:४७:२२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology