बैकिङ कसुरको मुद्दा चलाइएका नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ जेल चलान भएका छन् । धरौटी रकम नबुझाएपछि तामाङलाई शुक्रबार कारागार चलान गरिएको छ ।
काठमाडौं जिल्ला अदालतको आदेश अनुरुप तामाङलाई उनलाई केन्द्रीय कारागार सुन्धारा पठाइएको छ । उनलाई अदालतले बैंकिङ कसुर मुद्दामा २२ लाख धरौटी माग गरेको थियो । धरौटी नबुझाएका कारण पछि उनी कारागार चलान भएको हुन् ।
तामाङ रसुवा बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले छलफल गरेर निस्किए लगत्तै सिंहदरबार अगाडिबाट पक्राउ परेका थिए ।