आइतवार, मंसिर ६ गते २०८३

Sunday, Nov 22 2026 आइतवार, मंसिर ६ गते २०८३

नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द

नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द

नागरिक पाटी

५, मंसिर २०८३
  • 771
    SHARES
  • नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द

    नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै प्रत्येक दिन बिहान ११ देखि दिउँसो ४ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जानकारी दिएको हो ।

    images

    प्रशासनले अर्को सूचना प्रकाशित नभएसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जनाएको हो । उक्त सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खसेर सवारी आवागमन प्रभावित बनेको र मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गर्नुपरेको प्रशासनले जनाएको छ । सो समयावधिमा जोखिमयुक्त ढुंगा तथा माटो हटाउने कार्य गरिने सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा उल्लेख छ ।

    तोकिएको समयमा उक्त सडकखण्डमा सबै प्रकृतिका सवारीसाधनको आवागमन बन्द रहनेछ । वैकल्पिक मार्ग प्रयोग गर्न वा समय व्यवस्थापन गरेर मात्र यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :मंसिर ५, २०८३ शनिवार - ०६:५१:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology