शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकार बीचको मैत्रीपूर्ण क्रिकेटमा पत्रकार टोलिको जित

सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकार बीचको मैत्रीपूर्ण क्रिकेटमा पत्रकार टोलिको जित

विष्णु ठकुरी

४, फाल्गुण २०७६
  • 6.7K
    SHARES
  • काठमाडौँ  चलचित्र ‘सेन्टी भाइरस’ टिम र चलचित्र पत्रकार बीचको मैत्रीपूर्ण क्रिकेटमा पत्रकारको टोलीले जित हात पारेको छ । चितवनस्थित निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा सम्पन्न टि-ट्वान्टी म्याचमा चलचित्र पत्रकारले ‘सेन्टी भाइरस’ टिमलाई ७ विकेटले पराजित गर्यो । टस हारेर ब्याटिङ गरेको ‘सेन्टी भाइरस’ टिमले १९ ओभरमा सबै विकेट गुमाउदै १ सय ३६ रन बनाउन सक्यो । ४२ रनमै ५ विकेट गुमाएर दबाबमा आएको ‘सेन्टी भाइरस’ टिमको पारी सुनिल र एलिशले उकासेका थिए । दुवैले छैटौँ विकेटको लागि अर्धशतकीय साझेदारी गरे । उत्कृष्ट सुरुवात गरेको चलचित्र पत्रकारले ९ ओभरमा विना विकेटको क्षतिमा ९६ रन जोडेको थियो । १७ बलमा २० रन बनाएका नारायण रेग्मीले अर्को ब्याट्सम्यानलाई ब्याटिङको पालो दिएका थिए । पहिलो विकेटको लागि १ सय १७ रनको साझेदारी हुँदा ‘सेन्टी भाइरस’ टिम हारको नाजिक पुगिसकेको थियो । त्यसपछि लगातार ३ विकेट लिएपनि टिमले हार जोगाउन सकेन ।o

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण ४, २०७६ आइतवार - ०४:०९:२० बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology