शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

महिला मैत्रीपूर्ण खुल्ला फुटवल प्रतियोगीता महादेवबेशीमा सम्पन्न

महिला मैत्रीपूर्ण खुल्ला फुटवल प्रतियोगीता महादेवबेशीमा सम्पन्न

विष्णु ठकुरी

२३, फाल्गुण २०७६
  • 7.3K
    SHARES
  • महादेवबेशी । महिला रोकिए संसार रोकिन्छ भन्ने नाराका साथ ११०औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसरमा महिला मैत्रीपूर्ण खुल्ला फुटवल प्रतियोगीता बिहिबार महादेवबेशीमा सम्पन्न भएको छ । चन्द्रज्योती एकिकृत ग्रामिण बिकास समाज सिड्स नेपाल धादिङको आयोजना तथा युएमएन धादिङ, थाक्रे युवा समाज, धादिङ सहयात्री समाज नेपाल, मिलीजुली महिला बचत तथा ऋणसहकारी सँस्था लिमिटेड, बालबिकास कार्यक्रम नेपाल, थाक्रे युवा परिषद् महादेबबेशी लगायतको सहकार्यमा सञ्चालित महिला मैत्री फुटबल प्रतियोगीतामा थाक्रे तथा गल्छिका महिला टिमको सहभागीता रहेको थियो । खेलमा अनु भुषालको टिम थाक्रे ६ प्रथम हुन सफल भएको छ भने निला श्रेष्ठको टिम थाक्रे ६ द्धितिय भएको छ । तृतियमा ईन्दिरा भण्डारीको टिम गल्छि र सान्त्वनामा अनु लामाको टिम थाक्रे ९ भएको छ । े खेलकुदमा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने टिमहरुलाई क्रमश मेडल, प्रमाणपत्रका साथमा नगद रु ५ हजार, रु ४ हजार, रु ३ हजार र रु २ हजार प्रदान गरिएको छ । खेलमा उत्कृष्ट खेलाडीका रुपमा अनु भुषाल छानिनु भएको थियो । फरवार्डमा सुमिना पुन मगर, डिफेन्डरमा गोपीनी तामाङ, मिड फिल्डरमा बिपना तामाङ र किपरमा करिना सिं ठकुरीको उत्कृष्टमा पर्नुभएको थियो । उत्कृष्ट हुनेहरुको लागी प्रमाणपत्रका साथमा बिषेश पुरस्कार रहेको थियो । महिलाहरुमा पनि दक्षता छ भन्ने मुख्य ध्येयलाई आत्मसाथ गरेर सिड्स नेपाल धादिङले बिषेश दिनको उपलक्ष्यमा यो फुटबल प्रतियोगीता आयोजना गरेको हो । यस कार्यक्रमले महिलाहरुमा पनि आत्मबल झनै बढेर जाने सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले बताउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २३, २०७६ शुक्रवार - १७:२०:३८ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology