शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

शैक्षिक क्षेत्रमा पनि प्रबिधिको प्रयोग बढाउने की ?

शैक्षिक क्षेत्रमा पनि प्रबिधिको प्रयोग बढाउने की ?

नागरिक पाटी

४, बैशाख २०७७
  • 14.4K
    SHARES
  • सुजन दाहाल अहिलेको समय सुचना-प्रबिधिको समय हो । मानव जिवनमा अनेकौं नवप्रर्वतन र आविश्कारलाई सफल तुल्याउन यसले सघाएको छ । कुनै पनी मानिस जन्मन, हुर्कन, बढन, सफलता हासिल गर्न र प्राण त्याग्ने बेला सम्म यसले महत्त्वपूर्ण भुमिका खेल्दछ । परम्परागत कुरालाई परिष्कृत, परिमार्जन, बिस्थापन र नयाँपन ल्याउने काम पनि प्रबिधिले नै गरेको छ । बिश्वका सर्बसक्तिमान मुलुकहरुको बिकास देखेर हामी दङ्ग परेका देशहरु जस्तै : अमेरिका, चीन, बेलायत, इटाली आदिको बिकासको प्रमुख श्रेय पनि सम्भबत यिनिहरुले अपनाएको वा प्रयोग गरेको सुचना-प्रबिधी नै हो । त्यस्ता कुनैपनी क्षेत्र छैन जहाँ सुचना-प्रबिधिको प्रयोग नभएको होस् ,जस्तै : शिक्षा, मनोरन्जन, बैंक, बिमा, अस्पताल , व्यबसाय, उद्योग, पर्यटन आदि । सुचना-प्रबिधिको बिकासले पुरै बिश्वलाई नै "ग्लोबल भिलेज" को उपनाम दिएको छ । हुनपनी हो, नेपालको कुनै एउटा कुनामा बसेर प्रबिधिको प्रयोग गरि बिश्वको जुनसुकै कुना हेर्ने सामर्थ्य राख्न सक्ने बनाएको छ यसले । जति समय गुज्रदै छ, प्रबिधिका सामानहरु त्यतिनै किफायती बन्दैछ किनकी २०६४ सालमा रु.६५०० पर्ने एउटा मोबाईल अहिले रु. १३०० मा पाइन्छ अनि त । हामी हाम्रो समय, माग र रकम अनुकुल प्रबिधिको प्रयोग गर्नसक्ने युगमा छौँ । यसको बिकास र बिस्तार यसरि हुँदैछ कि यसको प्रयोग नगर्ने वा प्रयोग गर्न नजान्ने वा अपडेटेड नभएको कोहि छ भने उ आज आउटडेटेड हुन्छ । सूचना-प्रबिधिको बिकासले जन्माएको ईन्टरनेटको प्रयोग गरि हामी नेपाली पनि केही हदसम्म सामाजिक, आर्थिक, साँस्कृतिक तथा शैक्षिक क्षेत्रमा केही परिबर्तन ल्याउन सफल भएका छौँ । अहिले नेपालका विभिन्न स्कुल तथा क्याम्पसहरु प्रबिधिमैत्री छन् । ल्यापटप, कम्प्युटर, आइप्याड तथा प्रोजेक्टरको प्रयोग गरि श्रब्य-दृश्य माध्यममा पढाइ हुन थालिसकेको छ । पहिले पहिले झोलामा टन्न किताब कापी बोकेर आउने बिध्यार्थी अहिले ल्यापटप बोकेर आउछ्न कतिपय क्याम्पस हरुमा । पहिले घरमा किताब र गाइड पढेर आउने शिक्षक अहिले घरमा ईन्टरनेटको प्रयोग गरि बिषयबस्तुमा खोज तथा अनुसन्धान गरि आफुलाइ अपग्रेड गराएर मात्र पढाउन आउछ्न । पहिले शिक्षकले जे पढ भन्थे त्यहि पढन बाध्य हुन्थे बिध्यार्थी, तर आज त्यस्तो छैन । विकल्पहरु धेरै छन, रोजाइ आ-आफ्नो । अहिले त झन घर बसिबसि "भर्चुअल स्टडी" गर्न पनि मिल्छ। अक्स्फोर्ड बिश्वबिध्यालय को प्राध्यापक को लेक्चर नेपालमै बसेर लाइभ हेर्न र सुन्न मिल्छ । होमवर्क दिने र बुझाउने पनि घर बसि बसि । हुँदाहुदै परिक्षा पनि अनलाईनमै हुन्छ त्यता आजकल त । यहि सन्दर्भमा एउटा उदाहरण पेश गरिहालौँ है - "हिजो मैले छिमेकको एउटा पोखरा बिश्वबिध्यालय को बिबिए पढने भाइलाइ अनलाईन मा चेस खेलौ भाइ भनेको, उसले यो उत्तर दियो "दाइ कोरोनाले गर्दा अरुको त क्लास छैन तर मेरो त १ बजेबाट ३ बजेसम्म अनलाईन क्लास छ" जुन उत्तरले दङ्ग र खुशी दुइटै बनायो यसकारण कि यस्तो कोरोनाको महामारिमा पनि घर बसि बसि पढन मिल्ने, समयानुकूल हुने, कोर्स पनि नछुट्ने । अनि सोचे यो पद्धति अरु स्कुल, कलेज वा बिश्वबिध्यालयले कहिले अपनाउने होलान त ! ईन्टरनेटले सूचनाको क्षेत्रमा क्रान्ति नै ल्याइरहेको परिपेक्ष्यमा नेपालमा पनि यसको प्रयोग बढ्दै त छ तर शैक्षिक क्षेत्रमा भने त्यति धेरै फड्को मार्न सकेको छैन । अझै पनि त्यही पुरानो पद्धति जहाँ शिक्षक अगाडि उभिएर कराउँदै चिच्याउदै गर्ने प्यारोट टिचिङ नै प्रभावकारी मानिदै आएको छ । मल्टिमिडियाको प्रयोग गर्न नजानेर हो या थाहा नभएर हो या जसोतसो चलाउने भनेर हो वा अल्छी गरेर हो कि खासै चुस्त दुरुस्त भइरहेको छैन । यस्ता पुराना पद्धतिले त शिक्षकले पनि नयाँपन नसिक्ने र सिकाइप्रती विद्यार्थीको पनि रुचि नहुने भन्ने कुरा त विभिन्न अनुसन्धानले पुष्टि गरेकै छ । यदि हामीले यो प्रबिधी बेलैमा प्रयोगमा ल्याएका थियौँ भने आज पूरा बिश्वमा महामारीको रुपमा फैलिएको कोरोनाले सम्पुर्ण विद्यार्थीको पठनपाठन क्रियाकलाप बन्द भएको अवस्थामा घरमै बसि सिकाइलाई निरन्तरता दिन सक्थ्यौँ, तसर्थ अब सोच्नु पर्ने बेला आएको छ किनकी यो समयको माग भएको छ। अहिलेको प्रतिस्पर्धात्मक युगमा दक्ष तथा प्रभावकारी मानव संसाधन उत्पादन गर्न अपरिहार्य भएकाले सुचना र प्रबिधिको प्रयोग गरि शिक्षक, विद्यार्थी, अभिभावक र अन्य सरोकारवाला पक्षहरु संग समन्वय गरि प्रबिधिमैत्री पाठ्यक्रम बनाउने, शिक्षकले आफुलाइ अपडेट गराउने, अभिभावकले पनि आफ्ना नानिबाबुलाइ आवश्यकता अनुसार शैक्षिक सामग्री उपलब्ध गराउने र विद्यार्थीले पनि यसको सहि ढङ्गबाट प्रयोग गरेमा सिकाइ प्रभावकारी हुने देखिन्छ । तसर्थ आउनुहोस तपाईं, म अनि हामी सबैजना हामीसंग भएको प्रबिधिको भरपुर प्रयोग गरि सिकौं र सिकाऔ ।
    गल्छी ६ धादिङ (बैरेनी,महेशदोभान) ९८४१९६७५८८

    images
    images
    images
    images
    प्रकाशित मिति :बैशाख ४, २०७७ बिहिवार - १८:१९:२० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology