Wednesday, Jun 03 2020 बुधवार, जेठ २१ गते २०७७

के निजी कम्पनीका कामदार "काम लागुन्जेल भाडो , नत्र ठाँडो हुन्" ?

के निजी कम्पनीका कामदार "काम लागुन्जेल भाडो , नत्र ठाँडो हुन्" ?

नागरिक पाटी

१६, बैशाख २०७७
सुजन दाहाल । कुनैपनी निश्चित लक्ष्य हासिल गर्नका लागि विभिन्न स्रोत तथा साधनको प्रयोग गरि निर्मित स्वरुपलाई संगठन भनिन्छ । यसका विभिन्न उदेश्यहरु हुन्छन् जस्तै ; नाफा कमाउनु, सेवा प्रदान गर्नु, शान्ति सुरक्षा प्रदान गर्नु आदि । यस्ता संगठनमा प्रमुख गरि 6M ( Man, Money Machine, Material, Management, Method ) को रुपमा स्रोत तथा साधनहरु हुन्छन् । यी मध्ये सबैभन्दा बढी सक्रिय र नभइ नहुने भनेको कर्मचारी (Man) हुन् जसले अन्य बाँकि स्रोत तथा साधनको संचालन तथा प्रयोग गर्दछ । कर्मचारीलाइ काम गर्ने ठाउँ र कामको प्रकृति अनुसार विभिन्न नामहरु दिइन्छ जस्तैः मानव संसाधन, कामदार, लेबर,स्टाफ आदि ! अत्याधुनिक मेसिनरी चलाउने, पुजिँको परिचालन गर्ने, कच्चा पदार्थको प्रयोग गरि अन्तिम तयारी बस्तु उत्पादन गर्ने, प्रभावकारी ब्यबस्थापन गर्ने, उपयुुक्त विधिको प्रयोग गर्ने र गराउने मानिस (कर्मचारी) नै भएकाले तिनीहरुलाई संगठनको "एक्टिभ रिसोर्स" भनिन्छ । कुनैपनी संगठन चाहे त्यो नाफामुखी होस् या सेवामुखी चलाउने भनेको कर्मचारिले नै हुन् । तिनिहरु संगठनका वास्तविक सम्पती (Assets) हुन् । त्यस्ता सम्पती जुन बिना कुनैपनी संगठनको अस्तित्व रहदैन । लगानीकर्ताले सुरुमा लगानी गर्ने काम सकिएपछी त्यसलाई गन्तब्यसम्म पुराउने वा सफलताको शिखरमा पुर्याउने काम कर्मचारीले नै गर्छन् । कर्मचारीबिना संगठन को दैनिक काम तथा क्रियाकलाप सम्भब छैन । प्रत्येक संगठन सफलनै हुन चाहने भएकाले यसको सफलताको अत्यावश्यक र प्रमुख पात्र वा बाहक भनेको नै कर्मचारी वा कामदार हुन् । "Charity always begins at home"  अर्थात "दान जहिल्यै घरबाटै सुरु हुन्छ" भनेझै संगठनको सफलतामा प्रमुख भुमिका रहने कर्मचारी खुशी तथा संतुष्ट छ कि छैन भनी संगठनले एकिन गर्नुपर्छ । कर्मचारी खुशी वा संतुष्ट हुने/नहुने विभिन्न कारणहरु हुन्छ्न जस्तैः तलब, भत्ता, सेवा तथा सुबिधा, पद, कामको प्रकृति, काम गर्ने समय, सिफ्ट आदि । कुनैपनी संगठनले कर्मचारीलाई मानव निर्मित मेसिन ठानेर निरन्तर काममा लगाउने, तलब कम दिने तथा नबढाउने अर्थात समयमा भुक्तान नगर्ने, पद बढुवा नगर्ने, सेवा-सुबिधामा वृद्धि नगर्ने, काम मात्रै बढाउने र तलब स्थिर राख्ने, काम गर्ने बाताबरण स्वस्थ तथा मनोरञ्जनात्मक नबनाउने जस्ता कुराले पनि कुनै पनि कर्मचारी खुशी तथा सन्तुष्ट नहुने बरु उल्टै नैराश्यता तथा असन्तुष्टि बढछ । काम अनुसार अन्य कुराको तालमेल मिल्न गएमा मात्र कुनैपनी कर्मचारी खुशी र सन्तुष्ट भइ उत्पादनमुखी हुन्छ र यो जरुरी पनि त छ किनकी "Happy/Satisfied workers are the productive workers" अर्थात "खुशी/सन्तुष्ट कर्मचारी उत्पादनमुखी हुन्छन्" । कर्मचारीनै संगठनको सफलताको बाहक हो भन्ने थाहा हुँदाहुँदै पनि कतिपय निजि संगठनले कर्मचारीलाई "हामिले किनेर ल्याएका हौं" भन्ने अहमता बोकेर सोही अनुसारको व्यबहार देखाउछ्न् । कुनैपनी क्षेत्र चाहे त्यो जोखिमपूर्ण काम गर्ने वा भौतिक श्रमको प्रयोग हुने इट्टा भट्टा होस् या बौद्धिक श्रमको प्रयोग हुने स्कुल-कलेज ; प्राय ठाउँमा कर्मचारी संतुष्टि त्यति नभएको बिभिन्न अनुसन्धानले प्रष्ट पारेकै छ । खोइ किन हो कर्मचारीलाई उत्प्रेरित गर्ने ब्यक्ति वा सँस्थाले कर्मचारी ब्यबस्थापनमा संलग्न पक्षलाई उत्प्रेरित गर्न नसकेको होकि त । उसलाई कर्मचारी प्रतिको जिम्मेवारी कसले पो बुझाइदिने हो ? "काला गए गोरा आउछन्" भन्ने पो सोच्या हुन् कि त । त्यस्तो सोच भएका संगठनको ब्यबस्थापनलाई कसले भनिदिने हो कि अनुभबी र संगठनलाई नजिकबाट चिनेको कर्मचारीनै संगठनका लागि आवश्यक हुन्छ । कर्मचारी संगठनमा नटिक्नुले आम जनमानसमा संगठनको ख्यातिमा दाग लाग्छ भन्ने कुरा नबुझेको होकि त । नयाँ कर्मचारीलाई संगठनमा सामाजिकिकरण हुन, सहकर्मि संग समन्वय गर्न, नीति नियम बुझ्न, उत्पादन पद्दती सिक्न समय लाग्छ भन्ने थाहा हुँदाहुँदै पनि किन हो कुन्नी "खुट्टा भए जुत्ता कत्ती कत्ति" सोचेका । बिपत्ती जहिले जहाँसुकै जसलाइ पनि आउन सक्छ । उदाहरणको लागि मानौं एक कर्मचारीले आफ्नो बुबाको उपचार गर्न अग्रिम तलब माग्दा होस् या बिशेष कामका लागि छुट्टै बिदा मागेको होस् , ब्यबस्थापन पक्षले कुनै पनि अवस्थाको विश्लेषण नगरी, किन भनेर नसोधी सिधै (No) अर्थात (हुन्न) भन्छन् । अब यहाँ प्रश्न उठछ, सङगठ्न भनेर दिनरात मेहनत गर्ने कर्मचारीलाइ यो जवाफ ठिक छ त ? के अवस्था बुझ्नुपर्दैनथ्यो ? नाइँ भन्नू अघि किन भनेर सोध्न पर्दैनथ्यो ? अहिले बिश्वभर कोरोनाको महामारी फैलिएको छ, लकडाउन छ, बिश्वको अर्थतन्त्र झन झन खस्किदै छ भन्ने कुरा हामि सबैलाइ थाहा छ । अहिले नेपालमा पनि कतिपय संगठन जहाँ साबधानी अपनाएर कामदार काम गर्न इच्छुक छ्न, उत्पादन गर्न चाहन्छ्न, जसबाट संगठन निष्क्रिय रहनु पर्दैन, कामदार काम गरि आर्थिक लाभ लिन सक्छ्न र आपूर्तिबाट माग ब्यबस्थापन गर्न सकिन्छ भन्ने थाहा हुदाहुदै कतिपय उधोग वा संगठनले जबर्जस्ती कामबाट निकालिदिएका छन । सहज परिस्थितिमा उहीँ कामदारबाट लाभ लिने तर असहज परिस्थितिमा त्यसो गर्न ब्यबसायी वा उधोगिले कसरी सके होलान् ? त्यही कर्मचारीको मेहनतले गर्दा अत्याधिक नाफा कमाए, शाखाहरु खोले, परिवार चलाए, ब्रान्डेड लुगा लगाउनु भो, महङ्गो फोन बोक्नु भो, सानदार गाडी चढनु भो , सामाजिक प्रतिस्ठा पनि बढ्यो, बैंक ब्यालेन्स पनि गर्नु हो तर आज डेढ महिना कम्पनी नचल्दा कर्मचारिलाइ त्यस्तो गर्न कसरि सक्नु भो ? के यहि थियो त कामदार प्रतिको जिम्मेवारी ? यहि हो त नैतिकता ? यहि हो त तपाइको कर्मचारीप्रति  Corporate Social Responsibility ? अझै सुन्नमा त के आएको छ भने विभिन्न निजि संगठनहरुले त कर्मचारीको तलब र सेवा-सुबिधा कट्टा गरि कोरोना कोषमा रकम जम्मा गर्ने अरे । सहयोग गर्नुपर्छ भन्ने सबैलाइ थाहा छ तर यसरी गर्ने होर ? कमाएर राखेको नाफाबाट गरे हुन्न ? जीवन निर्बाह गर्न गार्हो भएकाको तलब काटेर सहयोग गर्ने चाहिँ कस्लाइ होला ? "आफ्नो नाक काटेर, कस्को के टाल्ने" होर र ? त्यो जम्मा गरेको रकम फेरि कसलाइ होला ? आफ्नो कर्मचारी काम बन्द भएर तलब नपाएर छट्पटी रहेको नदेख्ने अनि झुटो ख्याती प्राप्त गर्न कोरोना कोषमा रकम जम्मा गरि फोटो खिचाउन कति हतार ! कस्तो मज्जाको बहाना मिल्यो नि अब त झन , सहयोग गरेको त होनि, गर्न परिहाल्यो नि, सामाजिक काम त होनि, कम्पनी नै चलेन के गर्नु त अब आदि आदि । यहाँ संगठनको आफ्नो कर्मचारीको मतलब नहुनेले के कसरी कोरोना प्रभाबित मानिसलाइ सहयोग गर्लान, पत्याउने कि नपत्याउने होला ? के भबिस्यमा कम्पनी चलाउन उ वा अन्य यस्तै कामदार चाहिदैन र अब ? यो बेला थप आर्थिक सहयोग गर्ने त कता हो कता, उल्टै कटौती ? "काम लागुन्जेल भाडो , नत्र ठाँडो" भन्ने उखान ले सार्थकता पाएकै होइन र ? पहिले नाफा कमाउदा कर्मचारिकै भुमिका थियो, तलब दिइयो, नाफा संचालकले आफू आफु मात्रै बाँडेर खाए तर अहिले संकटको घडिमा नाफा छैन भन्दैमा तलब नदिन वा कामबाट निकाल्ने अधिकार कम्पनिलाइ नेपालको संविधानको कुन एेन, कुन धारा, कुन उपधारा, कुन शिर्षक मा छ ? कुनै पनि दिन वा परेको बेलामा संगठन चाहिन्छ भनेर काम गरेको मानिस संगठनको यो व्यबहारले कस्तो बनाउला ? उसको भबिस्य के होला ? उसमा आश्रितको दैनिकि अब कस्तो होला ? उसले रोजगारदाता प्रती कस्तो सोच बनाउला ?मनस्थिति वा परिस्थिति कस्तो होला ? बुबाको उपचार कसरी गर्ला ? घर बनाउदा लिएको ऋण कसरी तिर्ला ? बहिनिको बिहे कसरी गर्ला ? बच्चाबच्ची कसरी हुर्काउला, बढाउला र पढाउला ? यी सबै प्रश्न को उत्तर र परिणाम त्यो सम्बन्धित संगठनलाई थाहा थियो र छ तैपनी किन त्यसो गर्यो त?  "जो अगुवा , उहि बाटो हगुवा" भनेजस्तै भएन र यो त ? तसर्थ यस्तै कठिन परिस्थितिमा नै हो संगठनले आफ्ना कर्मचारीप्रती को जिम्मेवारी बहन गर्ने र उसलाइ मानसिक, पारिवारिक, सामाजिक तथा आर्थिक रुपमा माथी उठन सघाइ आफ्नो कर्तब्य पूरा गर्ने । अरुले के गर्यो होइन कि मैले मेरा कर्मचारीलाई के गर्नु पर्छ भन्ने सोचेर कर्तव्यनिस्ठ बन्नुस ! (यसका लेखक निजी कम्पनीमा कार्यरत छन् ) लेखक दाहाल लाई प्रतिक्रिया दिन चाहनु हुन्छ भने धादिङ,गल्छी-६- (महेशदोभान ) ९८४१९६७५८८

प्रकाशित मिति :बैशाख १६, २०७७ मंगलवार - १५:११:०० बजे

नागरिक पाटी

Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology