काठमाण्डौ । सरकारले कर तिर्ने म्याद थपेको छ । आन्तरिक राजश्व विभागले जेठ २५ गतेको म्याद असार ७ गतेसम्म थपेको छ । तर आयकरको दोस्रो किस्ताको रकम भने असार १५ गतेसम्म तिर्न सकिने जनाईएको छ ।
विभागका अनुसार मूल्य अभिवृद्धि कर भ्याट, अन्तस् शुल्क र बाँकी आय कर असार ७ सम्म तिरिसक्नुपर्ने जनाईएको छ । यस अघि जेठ २५ गते सम्म कर तिर्न ताकेता गरेपछि सरकारको चौतर्फी विरोध भएको थियो ।
