शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा थपिएका १६ सँक्रमित भारतबाटै आएर सदरमुकामको क्वारेन्टिनमा बसेको पुष्टि

धादिङमा थपिएका १६ सँक्रमित भारतबाटै आएर सदरमुकामको क्वारेन्टिनमा बसेको पुष्टि

सफलता आचार्य

२६, जेठ २०७७
  • 11.7K
    SHARES
  • धादिङमा थपिएका १६ सँक्रमित भारतबाटै आएर सदरमुकामको क्वारेन्टिनमा बसेको पुष्टि

    धादिङ । धादिङमा थपिएका १६ सँक्रमित भारतबाटै आएर सदरमुकामको क्वारेन्टिनमा बसेको पुष्टि भएको छ । जिल्ला सदरमुकाम स्थित नीलकण्ठ माविमा संचालन गरिएको क्वारेटाइनमा रहेकामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङले जानकारी दिएको छ ।
    जिल्ला अस्पताल धादिङका सूचना अधिकारी विक्रम विकले क्वारेन्टाइनमा रहेका बेला नीलकण्ठ नगरपालिकाले गरेको आरडीटी परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरुको स्वाब संकलन गरी पीसिआरका लागि किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा पठाइएको बताए । उनले स्वाब संकलन गरी जेठ २४ गते लगिएकोमा सोमबार कोरोना रिपोट पोजिटिभ आएको बताएका छन् ।

    images
    images

    योसँगै धादिङमा कोरोनाबाट संक्रमित हुनेको सङ्ख्या २२ पुगेको छ । नेत्रावती डवजोङ गाउँपालिका वडा नं ३ का एक पुरुष, गल्छी गाउँपालिका ८ की ३० वर्षीय महिला, थाक्रे गाउँपालिका ७ का ४१ वर्षीय पुरुष निको भएर घर फर्किसकेका छन् ।

    धुनीबेसी नगरपालिका ३ की २३ वर्षीया महिला, सिद्धलेक गाउँपालिका ५ की २३ वर्षीया महिला र नीलकण्ठ नगरपालिका ७ का ३३ वर्षीय पुरुष उपचार गराईरहेका छन् ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २६, २०७७ सोमवार - १६:३०:२८ बजे

    सफलता आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology