शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

नागरिक पाटी

२२, आषाढ २०७७
  • 7.5K
    SHARES
  • मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयका प्रवक्ता सह(सचिव) केदारनाथ शर्माले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रधान कार्यालयलाई यस्तो निर्देशन दिइएको जानकारी दिए।

    images

    ‘यसअघि नै निर्देशन दिइएको हो। पालना नभएको पाइएकाले फेरि निर्देशन दिएका छौं,’ उनले भने, ‘मास्क प्रयोग गर्न, २ मिटरको दूरी कायम गर्नुपर्ने र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्न गराउन निर्देशन जारी भएको छ।’ निर्देशनको अवज्ञा गरेको पाइए पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गर्ने प्रवक्ता शर्माले बताएका छन।

    लकडाउनलाई स्वास्थ्य मापदण्ड पालना गर्दै खुकुलो बनाउने नीति अवलम्बन गरिए पनि सर्वसाधारणसहित सरकारी, निजी तथा गैरसरकारी संघसंस्था र कार्यालयले यसको उल्लंघन गरेकोले तत्काल कडाइका साथ पछिल्लो निर्देशन कार्यान्वयन गराउन गृहले निर्देशन दिएको हो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २२, २०७७ सोमवार - २०:५७:१२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology