शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

खरको छानोमुक्त हुँदै मकवानपुरको मनहरी गाउँपालिका

खरको छानोमुक्त हुँदै मकवानपुरको मनहरी गाउँपालिका

शिवराज आचार्य

१४, श्रावण २०७७
  • 10.3K
    SHARES
  • खरको छानोमुक्त हुँदै मकवानपुरको मनहरी गाउँपालिका

    मनहरी । मकवानपुरको मनहरी गाउँपालिका खरको छानोमुक्त हुने भएको छ । गाउँपालिकालाई खरको छानोमुक्त बनाउन सुरु गरेको यो अभियानका लागि गाउँपालिकाले चालु आर्थिक बर्ष २०७७/७८ मा पनि बजेट विनियोजन गरेको छ ।

    images
    images

    आर्थिक अभावमा खर, छ्वाली तथा स्याउलाले छाएको घरमा बस्न बाध्य भएका नागरिकका लागि मनहरी गाउँपालिकाले ‘जनमुखी जनता आवास कार्यक्रम’ सञ्चालन गरिरहेको हो । यस कार्यक्रम अन्तर्गत गाउँपालिकालाई खरको छानोमुक्त बनाउने योजना रहेको छ । गत आर्थिक बर्ष २०७६/७७ मा २ सय घर परिवारले जस्तापाता पाएका छन् ।

    कोभिड १९ (कोरोना भाइरस) संक्रमणका कारण धेरैले खर हटाएर जस्ता लगाइसकेका छन् भने केहीले बर्षाको मौसममा अहिले पनि वडामार्फत जस्ता लिएर काम गरिरहेका छन् । अहिले पनि जस्तापाता वितरण भैरहेको छ । २०७६/७७ मा दुईसय घरलाई जस्ता वितरण गर्ने योजना थियो । त्यसको पनि वितरण कार्य भइरहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलेबताउनु भएको छ । उहाँले ‘चालु आर्थिक बर्षका लागि पनि दुईसय घरपरिवारलाई जस्तापाता दिने लक्ष्य रहेको बताएका छन । उहाँले सोही अनुसार कार्यक्रम बनाएर बजेट विनियोजन गरेको बताउनु भएको छ ।

    गत बर्ष प्रत्येक वडाका २२ घरपरिवारलाई जस्ता बाँडिएको हो । गाउँपालिकाको ३, ८ र ९ नम्बर वडा खरको छानोमुक्त भैसकेको गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिनु भएको छ । खरको छानोमुक्त अभियानका लागि गाउँपालिकाले प्रत्येक बर्ष ४० लाख रुपैयाँ बजेट विनियोजन गर्दै आएको छ । चालु आर्थिक बर्षका लागि पनि ४० लाख नै छुट्याएको छ । गाउँपालिकाको यो अभियानका लागि प्रदेश सरकार र संघीय सरकारले पनि सहयोग गरिरहेको अभ्यक्ष उप्रेतीले बताएका छन ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :श्रावण १४, २०७७ बुधवार - १७:५१:४९ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology