महादेववेशी । कोरोना प्रभावित समुदायको जिविकोपार्जनमा सहयोग गर्न साना व्यवसाय सहयोग अन्तर्गत बिउ पुँजी हस्तान्तरण गरिएको छ ।
युएमएन धादिङ र सिड्स नेपाल धादिङको साझेदारीमा सञ्चालित लैँगिक शशक्तिकरण परियोजना अन्र्तगत थाक्रे ८ मा गठित काउले नमुना कृषक समुह, थाक्रे ७ मा गठित माझ गाउँ नमुना कृषक समुह, माटीगाउँ कृषक समुह र जागरण कृषक समुहका १३ जना उद्यमी महिलाहरुका लागि आफैँले छनौट गरेका व्यवसायमा सहयोग गर्न प्रतिव्यक्ति १० हजारको दरले बिउ पुँजी हस्तान्तरण गरिएको सिड्स नेपाल धादिङका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले नागरिकपाटीलाई जानकारी दिनुभयो ।
कार्यक्रममा सँस्थाका कार्यकारी निर्देशक रुपाखेती सहित थाक्रे ८ का वडा अध्यक्ष केशव प्याकुरेल, कार्यपालिका सदस्य कृष्णमाया आले, थाक्रे ७ का वडा सदस्य सोमबहादुर तामाङले विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरि हस्तान्तरण गर्नुभएको हो । बिउ पुँजी प्राप्त गर्ने कृषकहरुले १ वर्ष बिना व्याज व्यवसाय सञ्चालन गरि सँम्बन्धित समुहमा विउ पुँजी फिर्ता गर्ने र अन्य समुदायमा परिचालन गरिने कार्यक्रम रहेको लैँगिक शशक्तिकरणका परियोजना सँयोजक नर्मदा अर्यालले बताउनुभयो ।