शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

बायर्नद्धारा पीएसजीलाई हराउँदै जित्यो च्याम्पियन्स लिगको उपाधि

बायर्नद्धारा पीएसजीलाई हराउँदै जित्यो च्याम्पियन्स लिगको उपाधि

नागरिक पाटी

८, भाद्र २०७७
  • 5.0K
    SHARES
  • बायर्नद्धारा पीएसजीलाई हराउँदै जित्यो च्याम्पियन्स लिगको उपाधि

    काठमाण्डौँ । युइ एफए च्याम्पियन्स लिगको उपाधि जर्मन क्लब बायर्न म्युनिखले हात पारेको छ। लेस्बनमा भएको फाइनल खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १-० गोलअन्तरले हराउँदै बायर्नले च्याम्पियन्स लिगको उपाधि हात पारेको हो।

    images
    images

    प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा खेल गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा बायर्नको जितको लागि किङ्ग्स कोमनले निर्णायक गोल गरे। उनले खेलको ५९ मिनेटमा किममिचको पासमा गोल गर्दै बायर्नलाई च्याम्पियन्स लिगको उपाधि सुरक्षित गराए। खेलमा दुबै टिमले पटकपटक गोलका अवसरहरु सिर्जना गरेता पनि सदुपयोग भने गर्न सकेनन्।

    यो सँगै बायर्न म्युनिखले छैटौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ। यसअघि सन् १९७४, १९७५, १९७६, २००१ र २०१३ मा उपाधि जितेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :भाद्र ८, २०७७ सोमवार - ०५:५९:०४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology