शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

‘म बलात्कार गर्न निस्कँदै छु’ भन्‍ने युवक पक्राउ

‘म बलात्कार गर्न निस्कँदै छु’ भन्‍ने युवक पक्राउ

नागरिक पाटी

३०, आश्विन २०७७
  • 6.6K
    SHARES
  • ‘म बलात्कार गर्न निस्कँदै छु’ भन्‍ने युवक पक्राउ

    काठमाडौं । नेपाल प्रहरीले फेसबुक ग्रुप खोलेर त्यसमा म बलात्कार गर्न निस्कँदै छु भन्ने युवकलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय साईबर ब्युरोको टोलीले नविन बस्नेतलाई पक्राउ गरेको हो।

    images
    images

    उनी नवलपरासीकै हुन्। ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुपमा उनले उक्त स्टाटस लेखेको ब्युरोको प्रमुख नविन्द अर्यालले जानकारी दिए। ‘उक्त फेसबुक ग्रुपमा उनको भूमिका के थियो भन्नेबारे अनुसन्धान भइरहेको छ’, एसएसपी अर्यालले भने।

    राजधानीमा महिला अधिकारकर्मीले ‘तँ बलात्कारी होस्’ भन्ने गीत गाएर प्रदर्शन गरेको केही समयमा फेसबुकमा उक्त ग्रुप देखिएको थियो। बस्नेतले यसअघि पनि केही उच्च ओहोदाका व्यक्तिलाई ‘आई विल किल यू’ भन्ने स्टाटस लेखेको ब्युरोले जनाएको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १६:५४:३६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology