शुक्रवार, मंसिर ४ गते २०८३

Friday, Nov 20 2026 शुक्रवार, मंसिर ४ गते २०८३

तिहारमा फूलको माग ४० प्रतिशत घट्ने

तिहारमा फूलको माग ४० प्रतिशत घट्ने

नागरिक पाटी

१७, कार्तिक २०७७
  • 6.9K
    SHARES
  • तिहारमा फूलको माग ४० प्रतिशत घट्ने

    धादिङ । फूल उत्पादक किसान तथा व्यवसायीले यस वर्ष भारतीय फूल तथा माला आयातमा रोक लगाउने अभियान थालेका छन् ।

    images

    कोभिड–१९ कारण फूलको माग ४० प्रतिशतसम्म घट्ने अवस्था र नेपालमै पर्याप्त फूल उत्पादन भएकाले भारतबाट आयात हुनेबित्तिकै नेपालमा उत्पादिन फूलले बजार नपाउने भन्दै किसान तथा व्यवसायीले आयातमा रोक लगाउने अभियान थालेका हुन् ।

    फ्लोरिकल्चर एसोसिएसन नेपालले फूल आयात रोक्ने अभियानअन्तर्गत यही साता भैँसेपाटीबाट सयपत्रीका १० हजार माला जफत गरी नष्ट गरेको जनाएको छ । एसोसिएसनका अध्यक्ष कुमार कसजू ९श्रेष्ठ०ले कोभिड–१९ का कारण यस वर्ष तिहारमा बजारमा सयपत्री फूलको माग कम हुने र स्वदेशी उत्पादन राम्रो भएकाले फूल आयातलाई निस्तेज गर्ने अभियान सञ्चालन गरेको जानकारी दिए।

    उनले भने, “गत वर्षहरूमा जस्तो यस वर्ष फूलको धेरै माग नभए पनि फूल व्यवसायीलाई तिहारले थोरै भए पनि टिक्ने आधार दिन्छ कि भन्ने आशा छ । भारतबाट आयात खुला गरियो भने त सबै लगानी डुब्छ ।”


    एसोसिएसनका अनुसार गत वर्ष तिहारमा सयपत्री र मखमली गरी २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा झन्डै १२ लाख सयपत्री र तीन लाख मखमली गरी १५ लाख मात्रै मालाको माग हुने देखिएको छ ।

    अघिल्लो वर्ष २२ लाख माला नेपालमै उत्पादन भएका थिए । यस वर्ष फूल उत्पादन १५ प्रतिशतले बढेको छ ।

    एसोसिएसनका अनुसार तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको छ । गएको वर्षको तिहारमा लगभग तीन लाख माला भारतबाट ल्याइएको थियो ।

    अध्यक्ष श्रेष्ठले व्यवसायीले यस वर्षको पात्रो हेरेर व्यावसायिक रूपमा फूल लगाएको हुनाले उत्पादन राम्रो र पर्याप्त भएको दाबी गरे । उनका अनुसार यो वर्ष सयपत्रीको प्रतिमाला ६० देखि ७० रुपियाँ र मखमलीको प्रतिमाला ३० देखि ३५ रुपियाँभन्दा बढी तिर्नु पर्दैन । अध्यक्ष श्रेष्ठले योभन्दा महँगो हुन नदिने एसोसिएसनको नीति रहेको पनि जानकारी दिए।

    अघिल्लो वर्षमा तिहारमा मात्रै १८ करोड रुपियाँको फूलको कारोबार भएकामा यो वर्ष भने बजारमा माग कमी भएकाले कारोबार कम हुने देखिएको छ । एसोसिएसनका अनुसार गत वर्ष झन्डै चार अर्बको फूलको कारोबार गर्ने लक्ष्यसहित लगानी बढाएकामा कोभिडका कारण दुई अर्ब ४२ करोड बराबरको मात्रै कारोबार भयो । चालू आर्थिक वर्षमा तीन अर्बभन्दा बढीको कारोबार हुने अपेक्षा छ ।

    अध्यक्ष श्रेष्ठले मन्दिर पूजाआजालगायतमा सहज नहुँदाको अवस्थामा समेत हाल दैनिक १० हजारदेखि १५ हजार माला खपत भइरहेको र उत्पादन पनि यो वर्ष राम्रै भएकाले अपेक्षाकृत कारोबार हुने देखिएको बताउनुभयो । गोरखापत्र दैनिकमा खबर छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १७, २०७७ सोमवार - ०८:५७:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology