शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

११ किलो गाँजासहित अटो चालक पक्राउ

११ किलो गाँजासहित अटो चालक पक्राउ

नागरिक पाटी

२०, माघ २०७७
  • 6.5K
    SHARES
  • ११ किलो गाँजासहित अटो चालक पक्राउ

    वाग्मती । हेटौँडाबाट अटोमा गाँजा बोक्ने चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको हेटौँडा–१९ नेवारपानीस्थित पूर्वपश्चिम लोकमार्गबाट प्रहरीले ११ किलोग्राम लागूऔषध गाँजासहित चालकलाई नियन्त्रणमा लिएको हो ।

    images
    images

    पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका–२ का ४१ वर्षीय चन्द्रबहादुर दमाइ रहेका छन् । प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले उनलाई हेटौंडा उपमहानगरपालीका–१९ नेवारपानीस्थित सडकखण्डबाट मङ्गलबार पक्राउ गरेको हो ।

    मनहरीबाट हेटौंडातर्फ आउँदै गरेको ना२ह ४१०१ नम्बरको अटो चेकजाँच गर्ने क्रममा अटो चालक समेत रहेका उहा पक्राउ परेका हुन् । प्रहरीले चालक बस्ने सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा ११ किलोग्राम गाँजा, रु ६७ हजार र भारतीय रुपैयाँ दुई हजार ५ सय पनि बरामद गरेको प्रहरीले जनाएको छ । रासस 

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०७७ मंगलवार - २२:०३:५४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology