शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङद्वारा जुम्ला ९-१ गोल अन्तरले पराजित

धादिङद्वारा जुम्ला ९-१ गोल अन्तरले पराजित

नागरिक पाटी

३, चैत्र २०७७
  • 10.8K
    SHARES
  • धादिङद्वारा जुम्ला ९-१ गोल अन्तरले पराजित

    धादिङ । बागमती प्रदेश विजेता बन्दै अन्तर प्रदेश स्तरीय एन्फा प्रेसिडेन्ट लिग खेलेको धादिङले जुम्लालाई फराकिलो गोल अन्तरले हराएको छ । नेपालगंज रंगशालामा सोमबारबाट सुरुभएको प्रेसिडेन्ट लिगको दोस्रो दिनको पहिलो खेलमा सेतो जर्सीमा खेलेको धादिङले जुम्लालाई ९-१ को गोल अन्तरले हराएको हो ।

    images
    images

    धादिङको जितका लागि जर्सी नम्बर ७ का अमिर श्रेष्ठले ह्याट्रिक पुरा गर्दै व्यक्तिगत ४ गोल गरेका थिए भने जर्सी नम्बर २२ का शिरिषले ३ गोल, जर्सी नम्बर १७ का विपिन कडेलले १ गोल र रुपेश केसीले १ गोल गरि ९ गोल गरेका थिए ।

    धादिङ विरुद्ध मैदानमा उत्रेको जुम्ला भने १ गोलमा सिमित हुन पुग्यो जुम्लाको लागि संगम शाहीले गोल गरेका थिए । पहिलो पटक प्रेसिडेन्ट लिगमा सहभागि धादिङले ९ गोल गर्दै जुम्ला विरुद्ध विजेता बनेसँगै धादिङका लागि ४ गोल गर्ने खेलाडी अमिर श्रेष्ठ म्यान अफ द म्याच घोषित हुँदै नगद ५ हजारले सम्मानित भएका छन् ।

    लिग सिंगल राउण्ड रोविनका आधारमा हुने यस लिगमा आज पहिलो खेल धादिङले लेकाली युवा क्लव जुम्ला खेल्यो भने, दोस्रो खेल चैत्र ५ गते त्रिवेणी युवा क्लव लम्जुङ सँग खेल्ने छ । यस्तै धादिङले तेस्रो खेल चैत्र ७ गते मनकामना युवा क्लव रौतहट सँग, चैत्र ९ गते स्टार सिटी क्लव कैलाली सँग, चैत्र ११ गते धम्बोझी स्पोर्ट क्लव बाँके सँग र अन्तिम खेल चैत्र १३ गते सैनिक फुटबल क्लव झापा सँग खेल्ने छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र ३, २०७७ मंगलवार - १८:०७:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology