शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

प्रचण्डको स्वार्थका लागि मुलुक सती जान्छ ? : प्रधानमन्त्री ओली

प्रचण्डको स्वार्थका लागि मुलुक सती जान्छ ? : प्रधानमन्त्री ओली

नागरिक पाटी

१७, चैत्र २०७७
  • 8.2K
    SHARES
  • प्रचण्डको स्वार्थका लागि मुलुक सती जान्छ ? : प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी ओलीले प्रचण्डको स्वार्थका लागि मुलुक सती नजाने बताउनुभएको छ । काठमाडौंमा रिपोर्टर्स क्लबको वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एकाध मान्छेको तीव्र महत्वाकांक्षा छ, देश बनाउने उद्देश्य छैन, पदको स्वार्थ भएका मान्छेको कारण समस्या भएको छ । केही मान्छेहरुले देशको राजनीतिलाई धमिल्याउन खोजे । के यो देश प्रचण्ड भन्ने मान्छेको स्वार्थको सती जानुपर्ने हो ?’

    images
    images

    नेकपाको विभाजन अदालतले नगरेको भन्दै उहाँले पार्टी एकीकृत नै कहाँ थियो रु भन्ने प्रश्न गर्नुभयो, ‘एकता बाँकी थियो र भंग गर्ने अदालतले रु अध्यक्ष निकालिसकेको छ । दलको नेता निकालिसकेको छ । दलको नेतालाई साधारण सदस्यबाट निकालेको छ । मैले फोन गरेकोलाई मजाक गर्ने इच्छा छैन भनेर, ठीक छ नि त आफ्नो आफ्नो पार्टी चलाउने ।’

    प्रधानमन्त्री ओलीले अब प्रचण्डसँग कोही नडराउने भन्दै भन्नुभयो, ‘तपाईसँग सेना पनि छैन । हतियार पनि छैन । तपाईंले तर्साएर अब कोही तर्सँदैनन् । म प्रचण्डजीलाई उमेर सम्झन आग्रह गर्दछ । उहिले सम्झेर छेलो फाल्न नखोज्नुस् नत्र ढाड सड्कन्छ ।’

    प्रचण्डलाई कटाक्ष गर्दै ओलीले भन्नुभयो, ‘जे गरे पनि हुने रु काँटे पनि हुने, मारे पनि हुने, अपहरण गरे पनि हुने, वेपत्ता बनाए पनि हुने, लूटे पनि हुने ? ’ अब त्यस्तो समय र दिन नरहेको भन्दै उहाँले प्रचण्डको पछि लागेर हिंडेकामा माधव नेपालको खिल्ली पनि उडाउनुभयो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :चैत्र १७, २०७७ मंगलवार - १७:३९:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology