शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

आर्थिक वर्ष २०७८/७९ लागि धादिङको कुन स्थानिय तहले कति बजेट पाए (हेर्नुहोस् विवरण सहित)

आर्थिक वर्ष २०७८/७९ लागि धादिङको कुन स्थानिय तहले कति बजेट पाए (हेर्नुहोस् विवरण सहित)

नागरिक पाटी

१६, जेठ २०७८
  • 13.7K
    SHARES
  • आर्थिक वर्ष २०७८/७९ लागि धादिङको कुन स्थानिय तहले कति बजेट पाए (हेर्नुहोस् विवरण सहित)

    धादिङ ।  सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले हिजो शनिबार सार्वजनिक गर्नुभएको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको बताईएको छ ।

    images
    images

    वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो । धादिङको नीलकण्ठ नगरपालिकाले सबै भन्दा धेरै ६३ करोड १ लाख पाएको छ भने सबै भन्दा कम रुबीभ्याली गाउँपालिकाले १६ करोड ४९ लाख रुपैया पाएका छन्।

    यसैगरी धुनिवेसी नगरपालिकाले ३७ करोड २८ लाख, थाक्रे गाउँपालिकाले ४५ करोड १५ लाख, गल्छी गाउँपालिकाले ३५ करोड २९ लाख पाउने भएको छ । यस्तै गजुरी गाउँपालिकाले ३८ करोड १५ लाख,बेनिघाट रोराङ गाउँपालिका ४५ करोड ९५ लाख, सिद्धलेक गाउँपालिकाले ३७ करोड २५ लाख, ज्वालामुखी गाउँपालिकामा ३४ करोड ४५ लाख रहेका छ ।

    त्रिपुरासुन्दरी गाउँपालिकामा ४० करोड ८ लाख, गँगाजमुना गाउँपालिकामा ३९ करोड ६७ लाख, नेत्रावती डबजोङ गाउँपालिकामा २३ करोड ८१ लाख, खनियावास गाउँपालिकामा २३ करोड ८६ लाख बिनियोजन गरिएको छ।

    dhading.jpg

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १६, २०७८ आइतवार - १७:५३:२८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology