धादिङ । धादिङको गजुरी गाउँपालिकाको वडा नम्बर ६ स्थित दरियाल खोलामा एक युवक मृत अवस्थामा फेला परेका छन् । जेष्ठ २० गते साँझ ८ बजे देखि हराई रहेका गजुरी गाउँपालिका–७ स्याम्मैडाँडाका २४ बर्षिय अर्जुन श्रेष्ठको शव खोलाको किनारमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी महेन्द्र खड्काले जानकारी दिनु भएको छ ।
हत्या गरेर पुरेको हुन सक्ने हुँदा अनुशन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।