शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा बजार अनुगमनको २७ औं दिन : लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना

धादिङमा बजार अनुगमनको २७ औं दिन : लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना

नागरिक पाटी

२४, जेठ २०७८
  • 7.3K
    SHARES
  • धादिङमा बजार अनुगमनको २७ औं दिन : लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना

    धादिङ । धादिङको विभिन्न पालिकाहरुमा बजार अनुगमन जारी छ । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग, उद्योग वाणिज्य सँघ लगायतको संयुक्त बजार अनुगमन टोलीद्वारा ४ साता देखि अनुगमन जारी रहेको सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायले बताउनुभयो ।
    टोलीले पसलहरु अनुगमन गर्दा ठूलो संख्यामा म्याद गुज्रेका सामानहरु बिक्री गरि आम उपभोक्ताको जीवनसँग खेलवाड गरेको पाइएको छ । यस्तै अधिकाँश पसलमा मुल्यसुची नराखिएको, मुल्यसुचि राखेपनि अद्यावधिक नगरिएको, सरसफाईमा ध्यान नदिईएको पाईएको छ । यस्तै केहि पसलहरुमा साईनवोर्ड नराखिएको पाईएको छ ।

    images
    images

    यसैबिच उपभोक्ताको गुनासो प्राप्त भएपछि धादिङबेशी, पुछार बजारको लामिछाने किराना स्टोरको होलसेल गोदाम र बिक्री काउन्टर निरीक्षण गरिएको छ । सो पसलमा २३ प्रकारका म्याद गुज्रिएका सामग्री फेला, परेका छन् भने मूल्यसूची नराखिएको, दर्ता भएको वर्षौ भइसक्दा साइनबोर्ड समेत नराखेको, बिक्री बिल देखाउन नसकेको, यस अघिको निर्देशनको बेवास्ता गरेको उपभोक्त स्वास्थ्यप्रति पूर्ण लापरबाही गरेको भन्दै उपभोक्ता संरक्षण ऐन बमोजिम रू। ५० हजार जरिवाना गरिएको सहायक प्रजिअ उपाध्यायले बताउनुभयो ।

    यि हुन् २३ प्रकारका म्याद गुज्रिएका सामग्री
    १. ट्याङ्ग २८८ पाकेट,
    २. बदाम ड्राई १५० पिस,
    ३. मःमः मसला ११० पाकेट,
    ४. कर्नफ्लेक्स ८ पाकेट,
    ५. फेन्टा १.५ लि। १ बोतल,
    ६. पप ६४ पिस,
    ७. २० बिस्कुट ५७ पिस,
    ८. बबलगम चुईगम १८ पाकेट,
    ९. पोट्याटो चिप्स २५ पिस,
    १०. काजुबदाम बिस्कुट २४ पाकेट,
    ११. माडा २४ पत्ता,
    १२. पिनट २० पाकेट,
    १३. मटर फ्राई १९ पिस,
    १४. गोल्डेन कुकीज १४ पिस,
    १५. जेली १० पिस,
    १६. ग्लुकोज बिस्कुट ९ पिस,
    १७. नरिवल लड्डु ७ बट्टा
    १८. २०-२० बिस्कुट १ कार्टुन,
    १९. स्टिट बिस्कुट १ कार्टुन,
    २०. काजु ४ पाकेट,
    २१. किसमिस ३ पाकेट,
    २२. मेला क्यान जुस ३ पिस,
    २३. कोक र ड्यु ५०० मि।लि। १-१ बोतल । 

    सहायक प्रजिअ सँग रेडियो राजमार्गले गरेको कुराकानी सुन्नुहोस्....

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ २४, २०७८ सोमवार - ०८:०६:४४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology