धादिङ । धादिङमा बजार अनुगमन विगत १ महिना देखी जारी छ । निषेध आदेश जारी भएसँगै उपभोक्ता र आम नागरिकबाट दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको, म्याद गुज्रिएका सामग्रीको बिक्री बढेको गुनासो आउन थालेपछि बैशाख २८ गतेदेखी बजार अनुगमन सुरु गरिएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद उपाध्यायको सँयोजकत्वमा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख किशोर सापकोटासहितको टोलीबाट जिल्लाभर ११ स्थानीय तहमा कुल ३६४ पसल, फर्म, व्यवसाय वा उद्योगहरू अनुगमन गरिएको छ । सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा २०४ ओटा र सबैभन्दा कम खनियाबास गाउँपालिकामा २ ओटामा अनुगमन गरिएको छ ।
अनुगमन गरिएकामध्ये ३५ ओटा अर्थात ९.६% फर्मलाई रू. ५ हजारदेखि ५० हजारसम्म गरिएको छ । जरिवाना वापत नेपाल सरकारलाई रू. ४,७५,००० (अक्षेरेपि चार लाख पचहत्तर हजार) राजस्व प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
कुन पसल तथा फर्मलाई कति जरिवाना ?

यस्तो छ अनुगमनको सँक्षिप्त प्रतिवेदन
– जिल्लाभर ११ स्थानीय तहमा कुल ३६४ पसल, फर्म, व्यवसाय वा उद्योगहरू अनुगमन गरिए ।
– सबैभन्दा धेरै नीलकण्ठ न.पा.मा २०४ ओटा र सबैभन्दा कम खनियाबास गा.पा.मा २ ओटा अनुगमन गरिए ।
– अनुगमन गरिएका ३६४ मध्ये ४४ ओटा (१२.१%) फर्म, पसलहरू दर्ता नगरी सञ्चालनमा आएको पाइयो ।
– अनुगमन गरिएकामध्ये ३५ ओटा अर्थात ९.६% फर्मलाई रू. ५ हजारदेखि ५० हजारसम्म गरिएको थियो ।
– जरिवाना वापत नेपाल सरकारलाई रू. ४,७५,००० (अक्षेरेपि चार लाख पचहत्तर हजार) राजस्व प्राप्त भयो ।
– सबैभन्दा बढी कारबाही त्रिपुरासुन्दरी गा.पा.मा भयो । जहाँ २२ फर्म अनुगमन गर्दा ९ ओटा (४१%) लाई जरिवाना भयो ।
– जरिवानाबाट सबैभन्दा बढी राजस्व रू. १,२५,००० (कुल राजस्वको २६.३२%) त्रिपुरासुन्दरी गा.पा. बाटै प्राप्त भयो ।
– ४७.८% फर्ममा साइनबोर्ड राखिएको र ४८.६% फर्ममा साइनबोर्ड नराखिएको पाइयो । बाँकी ३.६% व्यवसायीलाई साइनबोर्ड राख्नुपर्छ भन्ने जानकारी नै नभएको पाइयो ।
– ७३ ओटा (२०.१%) मा मात्र मूल्यसूची देखियो । २७७ ओटा (७६.१%) पसलमा मूल्यसूची पाइएन । बाँकी १४ (३.८%) व्यवसायीलाई मूल्यसूची राख्नुपर्छ भन्ने जानकारी नभएको पाइयो ।
– १०४ (२८.६%) फर्मले नापतौल उपकरण प्रमाणिकरण गराएको र १९२ फर्म (५२.७%) ले सोको प्रमाणिकरण नगराएको पाइयो । ६८ (१८.७%) फर्मका सञ्चालकलाई नापतौल प्रमाणित गराउनुपर्ने जानकारी नै नभएको बुझियो ।
– १६ ओटा (४.४%) फर्म, पसलमा लेबल नभएका वस्तुहरू समेत भेटिए ।
– २९६ (८१.३%) ओटा फर्म, पसलमा म्याद गुज्रिएका सामग्रीहरू भेटिए ।
– ४९ (१३.४४%) ओटा फर्महरूले पान नं. नलिएको पाइयो ।
– ३६४ मध्ये १६७ (४५.९%) बिक्रेताले बिक्री बिल नै नराखेको, प्रयोग नगरेको पाइयो ।
– १४४ ओटा (३९.६%) फर्मले सामान खरिद गर्दा बिल लिने नगरेको पाइयो ।
– हाल अनुगमन भएका ३६४ ओटा फर्म, पसलहरूमध्ये संयुक्त बजार अनुगमन टोलीले यसअघि विभिन्न समयमा ४० ओटा फर्म अनुगमन गरेको पाइयो । जसमध्ये १८ (४५%) ओटा फर्महरूले उक्त निर्देशनहरूको पालना नगरेको पाइयो ।
अनुगमन टोलीमा खटिने सदस्यहरूको विवरण
नियमित खटिने
१. संयोजक गोकर्ण प्रसाद उपाध्याय, स.प्र.जि.अ., जिल्ला प्रशासन कार्यालय, ९८५११९६१३१
२. सदस्य किशोर सापकोटा, प्रमुख, घरेलु तथा साना उद्योग कार्यालय, ९८५११०८३१५
३. सदस्य राजेन्द्र कोईराला, अधिकृत, घरेलु तथा साना उद्योग कार्यालय, ९८५११७४३१५
...................
उपभोक्ता संस्थाको प्रतिनिधिको रूपमा खटिने
१. शिवराज सापकोटा, उपभोक्ता हित संरक्षण मञ्च, ९८५११६६७३२ वा
२. बेद बहादुर खाँड, उपभोक्ता हित संरक्षण मञ्च, ९८४१७१६०५०
.......................
उद्योग वाणिज्य संघको प्रतिनिधिको रूपमा खटिने
१. प्रतिनिधि, राजकुमार श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष, नीलकण्ठ क्षेत्रमा
२. प्रतिनिधि, अर्जुन सापकोटा, नीलकण्ठ, नेत्रावती डबजोङ आदि क्षेत्रमा
३. प्रतिनिधि, सुमन धरेल, त्रिपुरासुन्दरी क्षेत्रमा ९८५१०८४५७५ वा
४. प्रतिनिधि, इश्वर कोईराला, धुनिबेशी क्षेत्रमा ९८५१०८३९७६ वा
५. प्रतिनिधि, ऋषिनाथ त्रिपाठी, मलेखु क्षेत्रमा ९८४१७१६१८१ ।
...................
पत्रकार महासंघ, धादिङको प्रतिनिधिको रूपमा खटिने
१. प्रतिनिधि, राजाराम शर्मा, अध्यक्ष, ९८५१०६८४५९ वा
२. पत्रकार महासंघ प्रतिनिधि, विकास रौनियार, हिमालय टेलिभिजन, ९८५१०२१२३६ वा
३. पत्रकार महासंघ प्रतिनिधि, आशिष ठकुरी, रेडियो राजमार्ग, ९८५१२२३४८१ लगायत
जिल्ला प्रशासन कार्यालयका नासु लिलाकान्त वि.क., सुरक्षाकर्मीहरू, उद्योग वाणिज्य संघका प्रतिनिधिहरू दीपक कार्की, नृपेश न्यौपाने (गल्छी), सुदीप रसाइली र राजाराम सिलवाल (धादिङबेशी) समेत टोलीमा थिए ।
अन्त्यमा
अनुगमनको लागि मार्ग निर्देशन गर्नु हुने श्रीमान् प्रमुख जिल्ला अधिकारीज्यू, स्थानीय तहहरू, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, घरेलु तथा साना उद्योग कार्यालय, धादिङ, जिल्ला प्रहरी कार्यालय धादिङ र मातहतका सुरक्षा युनिटमा कार्यरत प्रहरी कर्मचारीहरू, उद्योग वाणिज्य संघ, धादिङ, उपभोक्ता हकहितको क्षेत्रमा कार्यरत संघसंस्था, नेपाल पत्रकार महासंघ, धादिङ शाखा र फोन, फेसबुक, इमेलमार्फत हामीसँग जोडिई सूचना दिने तथा हामीबाट सहयोगको अपेक्षा गर्ने सम्पूर्ण उपभोक्ता वर्गलाई धन्यवाद । अनुगमन गर्न जाँदा स्वागत एवम् सहयोग गर्ने र कारबाही हुँदा समेत आफूले सिक्ने अवसर पाएको भन्दै सकारात्मक सोच राख्ने सम्पूर्ण व्यवसायी तथा बिक्रेता वर्गप्रति अनुगमन टोलीको संयोजकको हिसाबले विशेष आभार ।
– गोकर्णप्रसाद उपाध्याय, सहायक प्रमुख जिल्ला अधिकारी, धादिङ