शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङका सहायक वन अधिकृत पौडेल ४० हजार रुपैयाँसहित पक्राउ

धादिङका सहायक वन अधिकृत पौडेल ४० हजार रुपैयाँसहित पक्राउ

नागरिक पाटी

६, आषाढ २०७८
  • 7.2K
    SHARES
  • धादिङका सहायक वन अधिकृत पौडेल ४० हजार रुपैयाँसहित पक्राउ

    धादिङ । धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ पर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पौडेललाई घुसबापतको ४० हजार रुपैयाँसहित कार्यकक्षबाटै पक्राउ गरेको हो ।

    images
    images

    वन कार्यालयले समातेको काठका धनीलाई मुद्दा नचलाउने सर्तमा ४० हजार रुपैयाँ घुस लिएका पौडेललाई आयोगको टोलीले पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको कुनै पनि कागजपत्र तयार नगरि पौडेलले घुस लिएको अख्तियारले जानकारीको छ ।

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता एवम् सह–सचिव नारायणप्रसाद रिसालले जानकारी दिनुभएको छ ।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ ६, २०७८ आइतवार - २१:४३:१८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology