धादिङ । बजार अनुगमन टोलीले धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ मलेखुमा रहेको स्मारिका ट्रेडर्सलाई २० हजार जरिवाना गराएको छ । नियमित हुँदै आएको बजार अनुगमनको ४१ औं दिन आईतबार मापदण्ड विपरित पसल संचालन गरेको जनाउँदै नगद २० हजार जरिवाना गरिएको हो ।
जिल्ला प्रशासन धादिङ र घरेलु कार्यालय धादिङबाट खटिएको अनुगमन टोलीले स्मारिका ट्रेडर्सले साइनबोर्ड नराखी होलसेल पसल संचालन गरेको, गोदाममा लापरबाहीपूर्ण ढंगले म्याद गुज्रिएका सामानहरू राखी बिक्री गर्ने गरेको क्त फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार २० हजार नगद जरिवाना गरिएको जनाएको छ ।
यस अघि शनिबार मात्र गजुरी गाउँपालिकाका विभिन्न स्थानका करिब १ दर्जन पसल फर्म अनुगमन गर्दा आदमघाटको चिरन्जिवी ट्रेडर्सलाई ५००० जरिवाना गरिएको थियो ।
यो पनि :
गजुरी र धादिङबेशीको विभिन्न पसलमा अनुगमन, एक किराना पसललाई जरिवाना
धादिङमा बजार अनुगमन : ३५ ओटा पसल तथा फर्मलाई ५० हजारसम्म जरिवाना, कसलाई कति जरिवाना ?
उपभोक्ताको गुनासो पछि धादिङबेसीको लक्ष्मी बेकरी उद्योगमा अनुगमन, उद्योगलाई २० हजार जरिवाना
धादिङमा बजार अनुगमनको २७ औं दिन : लामिछाने किराना स्टोरलाई ५० हजार जरिवाना
धादिङमा बजार अनुगमन : धार्के, खानीखोला र सिम्लेको पसलबाट ठुलो सङ्ख्यामा म्याद गुज्रिएका सामान जफत
गल्छि र थाक्रे गाउँपालिकाको खाद्यान्न तथा औषधी पसलमा अनुगमन, कुन पसललाई कति जरिवाना र जफत ?