धादिङ । थाक्रे गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न भएको छ । पालिकाले आर्थिक बर्ष २०७८-७९ को लागि रुं ८१ करोड ६ लाख ६३ हजारको बजेट ल्याएको हो ।

थाक्रे गाउँपालिका उपाध्यक्ष अम्बिका रुपाखेतीद्धारा प्रस्तुत बजेटमा आर्थिक विकास तर्फ ३४ लाख, कृषि तर्फ २ करोड ४१ लाख ६७ हजार, पर्यटन बिकास तर्फ २ करोड ५४ लाख, पशु बिकास तर्फ ७१ लाख, सहकारी तर्फ १० लाख बिनियोजन भएको छ ।

त्यसै गरी सिँचाईका लागी १ करोड २८ लाख, सामाजिक विकास तर्फको खानेपानीका लागि १ करोड ५६ लाख, भाषा तथा संस्कृति तर्फ १ करोड २५ लाख, महिला बालबालिका तर्फ १ करोड ६२ लाख, युवा तथा खेलकुद तर्फ १० करोड १ लाख ५० हजार, लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ १० लाख, शिक्षामा २४ करोड २७ लाख ७२ हजार विनियोजन गरिएको छ ।

त्यसै गरी स्वास्थ्य तर्फ ५ करोड ९३ लाख ६० हजार, यातायात पुर्वाधार तर्फ ३६ लाख, सडक तर्फ १८ करोड ४ लाख १४ हजार,सम्पदा पूर्वाधार तर्फ १ करोड ५५ लाख, आवास तथा शहरी विकास तर्फ ७ करोड ८८ लाख, कार्यालय तथा प्रशासनिक तर्फ ९ करोड १५ लाख ५० हजार, गरिबी निवारण तर्फ १ लाख र तथ्यांक प्रणाली तर्फ ६३ लाख गरि कुल ८१ करोड ६ लाख ६३ हजार बजेट प्रस्तुत गरिएको छ ।
नागरिकपाटी टिभीको भिडियो सामाग्री हेर्नुहोस्...