शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धुनिवेशी नगरपालिकाको २ वटा सडक आगामी आर्थिक वर्षमा कालोपत्रे हुने

धुनिवेशी नगरपालिकाको २ वटा सडक आगामी आर्थिक वर्षमा कालोपत्रे हुने

नागरिक पाटी

१०, आषाढ २०७८
  • 22.9K
    SHARES
  • धुनिवेशी नगरपालिकाको २ वटा सडक आगामी आर्थिक वर्षमा कालोपत्रे हुने

    धादिङ । धुनिवेशी नगरपालिकाको २ वटा सडक आगामी आर्थिक वर्ष कालोपत्रे हुने भएको छ । नगरपालिकाको नवौँ नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको खिलभुजा-भन्ज्याङ पोखरी-महेशफाँट सडक र डाँडाडिही बडारेचौर-जीवनपुर-किटनी-कोल्पु सडक कालोपत्रे हुने जानकारी गराईएको हो ।

    images
    images

    खिलभुजा-भन्ज्याङ पोखरी-महेशफाँट सडकको लागि ८३ लाख र डाँडाडिही बडारेचौर-जीवनपुर-किटनी-कोल्पु सडकका लागि १ करोड ६६ लाख बजेट विनियोजन गरिएको हो । उक्त बजेट सँघीय सरकारबाट हस्तान्तरित कार्यक्रम समपुरक अनुदान अन्तर्गत विनियोजन गरिएको जनाईएको छ ।
    धुनिवेशी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७७ करोड २५ लाख २८ हजार ७०० रुपैँया बराबरको बजेट विनियोजन गरेको हो ।

    क्षेत्रगत रुपमा आर्थिक विकास तर्फ ६ करोड ६२ लाख ५ हजार, सामाजिक विकास क्षेत्र तर्फ २९ करोड १ लाख ७३ हजार ७०० बजेट विनियोजन गरिएको छ । यस्तै पुर्वाधार विकास क्षेत्र तर्फ २५ करोड ९८ लाख ७४ हजार , सुशासन तथा अन्र्तसम्बन्धि क्षेत्र तर्फ ६५ लाख २५ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्र तर्फ १४ करोड ९७ लाख ५१ हजार रुपैँया बजेट विनियोजन गरिएको छ ।

    यो पनि : धुनिवेशी नगरपालिकाद्धारा ७७ करोड २५ लाख रुपैँया बराबरको बजेट विनियोजन

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १०, २०७८ बिहिवार - १७:३६:०९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology