शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

"...तर आज म त्यहि दर्जी दाईको छोरासँग अंकमाल गर्दै हिँड्छु"

"...तर आज म त्यहि दर्जी दाईको छोरासँग अंकमाल गर्दै हिँड्छु"

नागरिक पाटी

१२, आषाढ २०७८
  • 11.6K
    SHARES
  • "...तर आज म त्यहि दर्जी दाईको छोरासँग अंकमाल गर्दै हिँड्छु"

    ✍️ हरिहर रेग्मी

    images
    images

     मलाई याद छ, सम्झना छ ति बालापनका कुरा । त्यतिबेला अहिले जस्तो हरेक बजारमा लुगा सिलाउने ठाउँ थिएन । टेलरिङ सेन्टर नाम दिईएका स्थानहरुमा हरेक डिजाईनका कपडा सिलाईन्छन् अहिले । यो बाहेक रेडिमेड फेन्सी पसल त कति कति ।

    त्यति बेला नयाँ कपडा सिलाउन आफ्नो पिठ्युँमा कल (कपडा सिलाउने हाते मेसिन) बोकेर आउने व्यक्तिको नजिक गएर मेरो नाना पहिला सिलाईदिन आग्रह गर्थेँ म । अझ उहाँको हात समाएर जिद्दि गर्थेँ, झगडा गर्थेँ, ब्राम्हण परिवारको म, उहाँको हात समातेर झगडा गरेको देख्दा मेरा हजुरबुवा–हजुरआमाले यसले त मेरो नाति छोईदियो, यसलाई हाम्रो माया बढि भएको भन्दै दर्जी दाईलाई गाली गर्दै मलाई बलेसीमा लगेर सुनपानी छर्कदैँ चोख्याउनु हुन्थ्यो । हो म यहि परिवार, यहि समुदाय, यहि सँस्कृती अनि परम्परामा हुर्किएको व्यक्ति हुँ । तर आज म त्यहि दर्जी दाईको छोरासंग अंकमाल गर्दै हिँड्छु, समाजमा मिजार भनेर हेपिएका व्यक्तिहरु सँग बसेर खाजा खान्छु । म कतै भ्रमणमा निस्कँदा सुनार, दनुवार संग सँगै बस्छु सँगै खान्छु सँगै रमाईलो गर्छु । किन कि म परिवर्तन भईसकेँ ।

     मैले बिस्तारै बुझें कि यो जात त केहि होईन रहेछ । तर आज पनि मेरो हजुरबुवा हजुरआमा त्यहि पुरानै बिचार धाराको हुनुहुन्छ किन कि उहाँहरुलाई बुझाउने समय ढिला भैसकेको थियो । उहाँहरु भन्नुहुन्छ, “अब हामी अस्ताउने बेला भयो, अ‍ैलेसम्म जोगिएर आयौं अब मर्ने बेला दलितलाई छोएर पाप बोकेर मर्दैनौँ,” यो उहाँहरुको बेला अनि त्यति बेलाको समाज सानो जात, ठुलो जात भन्ने अन्धबिश्वासमा नै चलेको थियो त्यो समयमा त्यहि नै ठिक थियो होला रे, तर अ‍ैलेका पिँढि, पुस्ता शिक्षित भए, पुरानो जातपातका कुराहरुलाई मानेर अब अघि बढ्नुपर्छ भन्ने छैन ।

     अहिले शिक्षित दलित समुदायका हजुरबुवा, हजुरआमाहरु पनि हामी सानो जाती हौं, ठुलाजातीहरु हाम्रा मालिक नै हुन् भन्ने मानसिकता मै हुनुहुन्छ । जस्तो कि दुई दशक अघिका मेरा हजुरबुवा हजुरआमाको पनि यहि हो मानसिकता । उहाँहरुको उमेर अनि जिवनका भोगाई आ–आफ्नै थिए । ठुला जातिको धार्मिक डर, मैले दलित छोए मेरो जात जान्छ, साना जातिको डर हामीले ठुला जाति छोईदिए पाप लाग्छ । यो अन्धबिश्वासकै डरले भएपनि सामाजिक सद्भाव केहि हदसम्म टिकिरहेकै थियो । कारण यो पनि थियो कि त्यतिबेला सबै समुदाय श्क्षिित पनि थिएनन्, तर अ‍ैले समय फरक भयो अनि पुस्ता पनि फरक, तेस्रो पुस्ता (नाति–नातिना) त शिक्षित भए, उनिहरु अब जुनसुकै जात भएपनि आफ्नो हिसाबले बिना संकोच सानोठुलो जात नभनी बस्न सक्छन्, किन कि यो जातपात केहि हैन बुझिसके ।

    पहिलो पुस्ता अझपनि पुरानै बिचारधारामा छन्, यो समाजमा हुनु पनि ठिकै हो एकैपटक परिवर्तन हुने कुरा त भएन अब समस्या कहाँ आउँछ त भने, एउटा शिक्षित नानी त्यो बुढा हजुरबुबा सरह उमेरको मान्छेसंग गएर बिवाद गर्छ अनि भन्छ यो ठुला जातले हामीलाई दलित भनेर अभद्र व्यवहार गर्यो... अब यहाँ मूर्ख शिक्षित दलित हुन्छ कि अशिक्षित हजुरबुवा .. ?

    यहाँ दोस अशिक्षित हजुरबुवाहरुको छैन किन कि उहाँहरुको बचपन अनि जवानी यस्तै मा बित्यो, दोसी त यी पढेलेखेकाहरुमा छ पहिले आफ्नो उमेर समुहको मान्छेसंग लड्नु त कता हो, त्यो बाजेले हामीलाई दलित भन्यो भन्दै उफ्रन्छन् जब २० बर्सको केटोले ८० बर्सको बाजेलाई जातको कुरा सम्झाउन खोज्छ भने आजपनि तँ दलित भनेर चड्कन भेट्छ नै, किन कि यहाँ बिचार मिलेको हुँदैन, र द्धन्द पैदा हुन्छ । यसको पछिल्लो उदाहरण कोठा भाडाको विषयमा रुपा सुनार र घरवेटीको घटना पनि हो ।

    अब भन्नुपर्दा समानान्तर उमेर समुहको हकमा चाँहि विस्तारै यो छुवाछुत र ठुलो सानो हेपाहा प्रवृती करिब–करिब हटिसकेको अबस्था हो तर पुर्ण रुपमा हट्न अझै धेरै समय लाग्छ किन कि हजुरबुवाहरु नातिको धारमा परिवर्तन हुन सक्दैनन् यो पनि एक सत्य हो, त्यसैले अहिलेका शिक्षित दलितहरु समाज भड्काउनमा आफैं सक्रिय त र्छैनन् । उनिहरु आफैंमा म दलित हुँ भन्ने छाप गढेको छ, यो भ्रम बाट केही माथि उठेर आफ्नो उमेर समुहमा अन्तरक्रिया गर, तिमिहरुले सबै समान भेट्नेछौ तर दुई पुस्ता अघिका मान्छेसंग गएर हक अधिकारको भाषा बोल्यौ भने अझै १०/१५ बर्ष आफैं जोक्कर बन्नुपर्ने स्थिती छ ।

    परिवर्तन को सुरुवात त भयो तर अन्त्य आन्दोलन र कानुनी उपचारले हुन सक्दैन समय लाग्छ अझै ...!

     

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ १२, २०७८ शनिवार - २०:२१:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology