शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङमा कात्तिक ११ देखि १६ गते सम्म जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

धादिङमा कात्तिक ११ देखि १६ गते सम्म जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

नागरिक पाटी

५, कार्तिक २०७८
  • 10.8K
    SHARES
  • धादिङमा कात्तिक ११ देखि १६ गते सम्म जिल्ला स्तरीय टी–२० क्रिकेट प्रतियोगिता हुँदै

    धादिङमा कात्तिक ११ देखि १६ गतेसम्म जिल्ला स्तरीय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ ।जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–५ स्थित विशालटामा रहेको चन्द्रोदय माध्यमिक विद्यालयमा क्रिकेट प्रतियोगिता हुने धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दिपेश कंडेलले जानकारी दिनुभयो ।गत भाद्र ६ गते गठन भएको क्रिकेट संघको निर्णय अनुसार जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष कंडेलले बताउनुभयो।

    images
    images

    संघका अनुसार प्रतियोगिताकमा सहभागि हुनको लागि कात्तिक ७ गतेसम्म टिम दर्ता गर्न सकिने र टिम दर्ताका लागि रु ५ हजार दर्ता शुल्क लाग्ने छ। साथै टिम दर्ताको लागि टिममा आवद्ध सबै खेलाडी जिल्ला भित्रके हुनुपर्ने,एक जना खेलाडीको नाम एउटा क्लबबाट मात्रै दर्ता गर्न पाउने, क्लबरटिममा आवद्ध खेलाडीको आधिकारिक परिचय पत्र प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो दिनसम्म उपलब्ध गराउनुपर्ने जनाएको छ।

    उक्त जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामार्फत निकट भविष्यमा संचालन हुने बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा जिल्लाबाट क्रिकेट टिम छनोट गरि पठाईने अध्यक्ष कंडेलले बताउनुभयो ।संघले प्रतियोगितामा सहभागि हुन जिल्ला भित्रका सम्पुर्ण खेलाडी तथा क्लबहरुलाई अनुरोध गरेको छ।

    images
    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ५, २०७८ शुक्रवार - १९:१२:२६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology