बुधवार, कार्तिक १८ गते २०८३

Wednesday, Nov 04 2026 बुधवार, कार्तिक १८ गते २०८३

धौलागिरी चलचित्र महोत्सवको पहिलो संस्करण सम्पन्न

धौलागिरी चलचित्र महोत्सवको पहिलो संस्करण सम्पन्न

विष्णु ठकुरी

१३, पौष २०७८
  • 6.2K
    SHARES
  • धौलागिरी चलचित्र महोत्सवको पहिलो संस्करण सम्पन्न

    "पर्यटन प्रबर्द्धन र कला संस्कृतिको संरक्षक, अग्रजलाई सम्मान र नयाँलाई प्रोत्साहन" भन्ने मुल नाराका साथ २०७८ पौष ७ देखि १० गते सम्म अहुरी इन्टरटेन्मेन्ट प्रा. लि. को आयोजनामा "प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८" पर्वतको कुस्मामा भब्य र सभ्यताका साथ सप्पन्न भएको छ ।

    images

    270179627_109188671634180_7829063719207557321_n.jpg

    ४ दिन सम्म जारी रहेको उक्त महोत्सवमा बिकास लोहोनी निर्देशित चलचित्र अहुरी, कुमार गजुरेल निर्देशित राजीव, बिष्णु ठकुरिको "द रुम", थमान सिंह पुर्जा पुनको प्यारी पदमा लगायत ३० भन्दा बढि चलचित्र तथ लघु चलचित्र छनौट भइ प्रदर्शन भएको थियो ।

    पौष १० गतेका दिन प्रा.ली. का अध्यक्ष / निर्देशक/ लेखक/ कलाकार श्री विशाल लोहनीको अध्यक्षतामा समापन कार्यक्रममा गण्डकी प्रदेश सभाका माननीय संसद श्रीमती ललित कला गुरुङ ज्युको प्रमुख आतिथ्यता तथा नेपाल चलचित्र निर्देशक समाजका महासचिव श्री जनकदीप पराजुलीको विशिष्ट आतिथ्यता र समाजकै सचिब अरुण कुमार प्रधानको आतिथ्यतामा यस धौलागिरीमा जन्म भई चलचित्र क्षेत्रमा उच्च योगदान गर्नुभएका तीन वटा बिधामा दोसल्ला ओडाई सम्मान पत्र सहित सम्मान गरिएको थियो ।

    270164482_109188668300847_579818694174937107_n.jpg

    चलचित्र निर्देशक तर्फ (पुर्ब नेपाल चलचित्र निर्देशक समाजका महासचिव) श्री गोपाल चन्द्र लामिछाने, चलचित्र लेखक तथा साहित्य तर्फ श्री अभिनास श्रेष्ठ ज्यु र चलचित्र पत्रकारिता तर्फ श्री जीवन पराजुलीलाई सम्मान गरिनुका साथै बिबिध मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम समेत गरिएको कार्यक्रमका अध्यक्ष विशाल लोहनीले जानकारी दिनुभयो ।

    270209623_109189501634097_8139140275956334672_n.jpg

    धौलागिरी क्षेत्र बाट सहभागी हुनुभभएको चलचित्र निर्देशक, लेखक, प्राबिधिक र कलाकारहरुलाई समेत प्रसंशा पत्र प्रदान गरिएको थियो । महोत्सवमा नेपाल चलचित्र निर्देशक समाज बर्तमान सदस्य/ निर्देशक /कलाकार तथा कार्यक्रमको संयोजक श्री थमान सिंह पुर्जा पुनले स्वागत मन्तब्य राख्नु भएको थियो भने "प्रथम धौलागिरी चलचित्र महोत्सव २०७८"को बारेमा अहुरी इन्टरटेन्मेन्ट प्रा. लि का सदस्य, निर्माता तथा कलाकार श्री रामप्रसाद पौडेल(आर. सि) का साथै अध्यक्ष बिशाल लोहनीले यस कार्यक्रमले धौलागिरी क्षेत्रमा रही चलचित्र क्षेत्रमा काम गर्ने सम्पूर्णमा हौसला बढाउनको लागि यस कार्यक्रमले थप टेवा पुगेको प्रस्ट पार्नु भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :पौष १३, २०७८ मंगलवार - १७:०६:३५ बजे

    विष्णु ठकुरी

    पत्रकार तथा सञ्चारकर्मी ठकुरी नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology