✍️ राजकुमार नेपाली
आज जस्तो छ त्यो भोलि हुँदैन हिजो जस्तो थियो आज त्यस्तै छैन । महोदय याद गर्नुस कि दिन उज्यालो हुन्छ । घाम चम्किलो लाग्यो भने मात्रै घामले दिनु पर्ने सम्पुर्ण प्रकाश दिँदा मात्रै उज्यालो झलमल्ल हुन्छ । हरेक दिन उज्यालो हुन्छ भन्ने पनि त छैन । कहिलेकाहीँ ससार झलमल्ल बनाउने दिनको समयमा पनि दिनदहाडै अँध्यारो भएर सन्नाटा छाउन थाल्दछ ।
जब रात पर्न थाल्दछ नि त्यसपछि सँसार अँध्यारो हुन्छ नजिकै भएको हरेक चिज हरेक बस्तु हरेक सामानलाई देख्न मुस्किल पर्न थाल्दछ । अनि कुनै चिज हेर्नू पर्दा अन्य बस्तुको सहयोग आवस्यक ठान्छौँ । अनि खोज्न थाल्छौँ टुकि, दियो, मैनबती परालको मुठो, अझै आधुनिक किसिमका टर्च लाइट या त हाम्रो पछिल्लो पुस्ताको साहारा मोबाइल पनि । तर हरेक रात सँसार न देखिने अँध्यारो भने हुँदैन कुनै रात यस्तो पनि हुन्छ आकासमा चन्द्रमा यसरी उदाएकी हुन्छिन् नि उनलाइ पनि लाग्दो हो कि यो सँसारमा म पनि घामको जस्तै प्रकाश छरौँ अनि सँसारलाई तातो दिउँ उज्यालो दिउँ । तर चन्द्रमाले भने उज्यालो मात्रै दिन सक्छिन् तातो भने दिन सक्दिनन् ।
सुर्य चन्द्रमाको यस धर्तिमा जति महत्व छ नि हो कहिले नबिर्सनुस् मान्छेको पनि समय परिस्थिति वातापरण हाँसो, खुशी, रोदन, पीडा, चोट अनि दर्दमा एकलाई अर्काको उत्तिकै महत्व छ । आज तपाईं खुशी हुनुहुन्छ त ठिकै छ सदैव खुशी हुनुहोस् खुशी भएकै राम्रो हो । आज तपाईं सफल हुनुहुन्छ सफल भएकै राम्रो हो अझै सफल हुनुहोस् शुभकामना । आज तपाइले भने जस्तो सबै भएको छ त अझै भने जस्तो हुँदै जाओस् शुभकामना ।
कुनै दिन यस्तो पनि आउँछ नि जिन्दगीमा तपाइले कुनै त्यस्तो घटना न कहिले सोच्नु हुन्छ, न कहिले गर्नु हुन्छ, न कहिले गर्नु भाको नै थियो । जब जब आफुले आफँैलाइ एक्लो महसुस गर्न थाल्नु हुन्छ र मेरो पनि त यो धर्तिमा कोहि भइदिए हुने थियो नि जसले मलाइ पनि दुख्छ होला म पनि मान्छे होनि । मेरो पनि मन छ नि । साथ, सहयोग, मित्रता, सम्बन्धको तपाईं लाई त्यत्ती बेला यत्ती धेरै जरुरत पर्न थाल्छ नि महोदय यो त तपाइले आज सम्म सायदै कल्पना समेत गर्नु नै भएको छैन होला ।
म हिजो के थिएँ आज के भएँ र भोलि के के पनि त हुन सक्छु नि हो यो कुरा मन मस्तिष्कबाट कहिले पनि ननिकाल्नुस महोदय । समय त सँधै एकैनासको हँुदन तपाईं आफैले जन्मदा लिएर आएको शरिर, समय परिस्थिति बाताबरण र आवस्यकता आधारमा हरेक अङ्ग अङ्गमा परिबर्तन हुँदै गएको छ भने । के थाहा हाम्रो मानव जिन्दगी न हो ? यो पनि त कुनै समय निश्चित बिन्दुमा गएर फेरबदल कहिले नहोला र ? के लाग्छ महोदय ? हुन्छ अबस्य एक दिन हुन्छ नै ।
भनिन्छ नि फुलको आखामा फुलै सँसार काडाको आखामा काडै सँसार । जीवन त्यत्ती साह्रै सहज पनि छैन अनि कठिन पनि । सुख–दुख, मिलन–बिछोड, हाँसो–रोदन, यहि त हो वास्तविक जीवन ।
आज तपाईं खुशी भएकै मान्छे भोलि दुखी पनि त हुन सक्नु हुन्छ । आज तपाईं हाँसेकै मान्छे भोलि रुन पनि त सक्नु हुन्छ । आज तपाईं धनि मान्छे भोलि गरिब पनि त बन्न सक्नु हुन्छ । आज कोहि रुदा खुशी नहुनुहोस् भोलि सङ्गै रुन पर्न सक्छ । आज कोहि दुख पर्दा ताली नबजाउनुस, भोलि सङ्गै सहन पर्ने दिन पनि आउन सक्छ । आज कमजोरी छ भनेर कहिले पीडा थप्ने प्रयास नगर्नुहोस् । भोलि तपाइ पनि उ भन्दा कम्जोर हुने दिन आउन पनि त सक्छ ।
तपाईं सक्नु हुन्छ भने कसैलाई माया गर्नुहोस्, सहयोग गर्नुहोस्, साथ दिनुस्, हौसला, प्रेरणा र माया दिने गर्नुस् । तर कोहि पिडामा भनेकै बेला पीडा थप्ने कोहि रुँदै गरेको छ भने अझै रुवाउने कोहिले दुखका कहानी सुनाउँदै छ भने ताली बजाउने कहिले नगर्नुस महोदय । हामी आउँदा के लिएर आयौँ जाँदा के लिएर जान्छौ ? बाचुन्जेल दुई वचन मीठो बोल्नी गर्नुस् ताकी यो ससारमा तपाईं न रहँदा पनि सबैले तारिफ गरून् कि साँच्चै बोली मीठो थियो, सबैलाइ उचित व्यबहार गर्नुस्, आदर, सम्मान र इज्जत गर्नुस् ताकी हरेकले सम्झिउन् कि आज यस्तो मान्छे गुमाए मैले भनेर । सके सबैको सम्मान गरौं नसके कसैले अपमान नगरौँ सके सबैलाइ साथ दिउँ नसके कसैलाइ घात नगरौं किनकि तपाईं मान्छे अनि म पनि मान्छे नै त हुँ नि ।
धेरै समय देखि बिझेको काँडा र त्यसले छिया छिया बनाएर घोचेको शरीरलाई जब काँडा निकालेर फालिन्छ नि त्यसपछि आनन्दको महसुस हुनेछ । जिबनको हरेक यात्रा विभिन्न रुप धारण गरि बिझ्न आउने यस्ता काँडाहरुलाई समयमै चिन्न नसक्दा कतिपयको ज्यान गुम्यो र कतिको स्वाभिमान समेत गुम्यो । भनिन्छ नि फुलको आखामा फुलै सँसार काडाको आखामा काडै सँसार । जीवन त्यत्ती साह्रै सहज पनि छैन अनि कठिन पनि । सुख–दुख, मिलन–बिछोड, हाँसो–रोदन, यहि त हो वास्तविक जीवन ।