शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

मैलुङ खोला जलविद्युतको संस्थापक सेयरधनीको लकइन अवधि साउन २६ गते सकिने

मैलुङ खोला जलविद्युतको संस्थापक सेयरधनीको लकइन अवधि साउन २६ गते सकिने

नागरिक पाटी

२१, आषाढ २०८१
  • 3.7K
    SHARES
  • मैलुङ खोला जलविद्युतको संस्थापक सेयरधनीको लकइन अवधि साउन २६ गते सकिने

    मैलुङ खोला जलविद्युत कम्पनीको संस्थापक सेयरधनीको लकइन अवधि सकिन लागेको छ। जलविधुत कम्पनीले एक सूचना प्रकाशित गर्दै कुल २९ लाख ५९ हजार ८७० कित्ता सेयरको लकइन अवधि आउँदो साउन २६ गते सकिने जानकारी गराएको हो।

    images
    images

    यी सेयरमा संस्थापक सेयर २५ लाख ७७ हजार कित्ता, स्थानीयको सेयर ३ लाख ६८ हजार १४४ कित्ता र कर्मचारीको सेयर १४ हजार ७२६ कित्ता रहेको छ।

    आइपीओ बाँडफाँड गरिएको मितिले तीन वर्ष समाप्त नभएसम्म संस्थापक, स्थानीय र कर्मचारीको सेयरमा गरिएको लक इनमा राख्नु पर्ने धितोपत्र बोर्डको नियम रहेको छ। जस अनुसार लकइन अवधि सकिने लागेको हो।

    कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपीओ २०७८ साउन २६ गते बाँडफाँट गरेको थियो।

    images
    images
    images
    images
    प्रकाशित मिति :आषाढ २१, २०८१ शुक्रवार - १०:३५:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology