साना किसान कृषि सहकारी संस्था लि.छत्रेदेउरालीको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । धुनिवेशी वडा नम्बर २ को महेशफाँटमा रहेको साना किसान कृषि सहकारी संस्थाले शनिबार बार्षिक साधारण सभा मनाएको हो । “साना किसानको समृद्धि : कृषिको रुपान्तरण र उद्यमशिलताको विकास” भन्ने नारा सहित संस्थाको कार्यालय परिसरमा साधारणसभा मनाईएको हो।

सँस्थाको अध्यक्ष रन्जना पाठकको अध्यक्षता र धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यतामा भएको कार्यक्रममा सँस्थाका अध्यक्ष पाठकले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। प्रतिवेदनमा दैनिक कार्य सञ्चालन, सदस्य प्रोत्साहन कार्यक्रम देखी आगामी निती तथा कार्यक्रमहरु उल्लेख गरिएको छ ।
त्यसै गरी संस्थाका प्रवन्धक राजु लामाको प्रतिवेदन, लेखा समिति संयोजक सुर्दशन तामाङको आन्तरीक लेखा प्रतिवेदन पेश गर्नु भएको हो।
वि.स २०५० सालमा स्थापना भएको सहकारीमा अहिले ३०७ वटा समुह तथा १६५५ जना शेयर सदस्य रहेका छन्। सहकारीको शेयर पुँजी ३ करोड २६ लाख ६० हजार रहेको छ । लगानीमा रहेको रकम १४ करोड ८९ लाख ४८ हजार रुपैयाँ रहेको सहकारीको कुल निक्षेप १९ करोड ७५ लाख ३४ हजार रुपैयाँ रहेको छ । सहकारीको कुल आम्दानी ३ करोड ६६ लाख ९८ हजार छ भने कुल खर्च २ करोड ८३ लाख ३८ रहेको छ।
त्यसै गरी सहकारीमा लगानीमा रहिरहेको रकम २७ करोड ८६ लाख ०३ हजार रुपैयाँ रहेको छ भने खुद नाफा ८३ लाख ५९ हजार रुपैयाँ रहेको सहकारीको कुल पुँजी दायित्व जम्मा ३५ करोड १५ लाख ८० हजार १ सय २२ रुपैंया रहेको सहकारीका प्रबन्धक राजु लामा तामाङले जानकारी दिनु भयो।

सहकारीका अध्यक्ष रन्जना पाठकको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा धुनिवेशी नगरपालिकाको नगरप्रमुख बालकृष्ण आचार्यको प्रमुख आतित्थ्यता, उपप्रमुख सुरज उप्रेती, जीवनपुर साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष राजेश कुमार रुचाल,केवलपुर महिला साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष उप्सरा अधिकारी, नौविसे साना किसान कृषि सहकारी संस्था लि.का अध्यक्ष लक्ष्मी विष्ट, विभिन्न सहकारीका प्रबन्धक लगायतको आतित्थ्यता रहेको थियो ।