आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नौबिसे साना किसान कृषि सहकारीले मनायो १५औं वार्षिक साधारणसभा

नौबिसे साना किसान कृषि सहकारीले मनायो १५औं वार्षिक साधारणसभा

शिवराज आचार्य

२९, पौष २०८२
  • 3.1K
    SHARES
  • नौबिसे साना किसान कृषि सहकारीले मनायो १५औं वार्षिक साधारणसभा

    धादिङको धुनिवेशी नगरपालिका ८ मा रहेको नौबिसे साना किसान कृषि सहकारी संस्थाको १५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार सम्पन्न साधारण सभामा अध्यक्ष लक्ष्मी विष्टले सहकारीको वार्षिक प्रगती प्रतिवेदन र संस्थाका प्रवन्धक कृष्ण प्रसाद अधिकारीको आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो।

    images

    615165884_1736556367746086_4314944794343537727_n.jpg

    साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका नि.वर्तमान अध्यक्ष खेम बहादुर पाठकले सहकारी कस्तो बनाउने भन्ने जिम्मेवारी र दायित्व सम्वन्धित संस्थाको नेतृत्व र शेयर सदस्यहरुको रहने बताउनु् भएको छ।

    615222630_1736558224412567_8319485830940622606_n.jpg

    नौबिसे साना किसान कृषि सहकारी संस्थामा २०८२ मंसिर मसान्त सम्ममा १६१८ शेयर सदस्य, सहकारीको शेयर पुँजी २ करोड १४ लाख ०८ हजार, लगानीमा रहिरहेको ल.र.र ऋण रकम २९ करोड ३२ लाख ७४ हजार रुपैयाँ रहेको छ भने २०८२ मंसिर मसान्त सम्मा सहकारीको पाउनु पर्ने व्याज १ करोड ६२ लाख ७० हजार रहेको सहकारीको जम्मा करोकार रकम ३५ करोड ०४ लाख ७० हजार ८०४ रुपैयाँ रहेको सहकारीका प्रबन्धक अधिकारीले जानकारी दिनु भयो ।

    615461953_1736557994412590_7957043973577827096_n.jpg

    सहकारीका अध्यक्ष लक्ष्मी विष्टको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा नेपाल कृषि सहकारी केन्द्रिय संघ लिका अध्यक्ष,साना किसान विकास लघुवित्त वित्तिय संस्था लि.का अध्यक्ष, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा विश्व किसान महासंघका सदस्य खेम बहादुर पाठकको प्रमुख आतिथ्यता रहेका थियो भने बागमती प्रदेश कृषि सहकारी संघका अध्यक्ष डिल्ली पाठकको विशेष आतिथ्यता रहेका थियो । कार्यक्रममा छत्रेदेउराली साना किसान कृषि सहकारी संस्था लिका अध्यक्ष रन्जना पाठक लगायतको सहभागिता रहेको थियो।

    images
    images
    images
    प्रकाशित मिति :पौष २९, २०८२ मंगलवार - १९:१४:२६ बजे

    शिवराज आचार्य

    पत्रकार तथा सञ्चारकर्मी आचार्य नागरिकपाटीमा आवद्द हुनुहुन्छ ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology