काठमाडौं । अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिनियन र उनका परिवारका सबै सदस्यमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाहिनियनले एक फेसबुक पोस्टमा सोमवार भनेका छन्, आफूलाई रोगको कुनै लक्षण नभएपनि परीक्षणका क्रममा रिजल्ट पोजेटिभ आएको बताएका छन् ।
उनले केहि दिन अगाडि सैन्य इकाईको बेला आफ्नो कोरोना परीक्षण गराएका थिए । उनले आफ्नो घरमा रहेका एक वेटरबाट आफूमा कोरोना संक्रमण सरेको हुनसक्ने आशंका गरेका छन् । लगभग ३० लाख जनसंख्या रहेको अर्मेनियामा अहिलेसम्म ९ हजार ४९२ जना भन्दा धेरै संक्रमित रहेका छन् भने १३९ जनाको मृत्यु भईसकेको छ । एजेन्सी